व्यास नगरपालिकाका सूचना अधिकारीद्धारा सूचना दिन महिनौसम्म आलटाल

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाका सूचना अधिकारी कुमार कन्चन जि. सी. ले सूचना दिन आलटाल गर्नुभएको छ । सर्वज्योति साप्ताहिक र सर्वज्योति डट् कम का प्रकाशक माधब पौडेलले विभिन्न बिषयमा सूचना लिने मनसायले सूचनाको हकका लागि निवेदन दिएको महिना बितिसक्दा पनि सूचना अधिकारी जि. सी. ले सूचना उपलब्ध गराउनुभएको छैन । पटक पटक कार्यालयमा पुगि सूचनाको हक अनुसार सूचना उपलब्ध गराउन आग्रह गर्दा पनि सूचना अधिकारी जि. सी. ले उहाँकै शाखाका कर्मचारी ना. सु. बिष्णु खड्कालाई देखाउने गर्नुभएको छ भने ना.सु. खड्काले पनि लेखा शाखाबाट रुँजू गराउन बाँकि रहेको बताएपनि महिनौ बितिसक्दा पनि सूचना उपलब्ध गराउन आलटाल गरिरहनुभएको छ ।
नगरपालिकाका बरोमा महालेखा परिक्षकको प्रतिवेदनमा सवाल उठाईएका आर्थिक खर्चसग सम्बन्धित सूचना माग गरिएकोले पनि सूचना उपलब्ध दिन नखोजिएको हुनसक्ने सर्वज्योति डट् कम् का प्रकाशक माधब पौडेलको आशंका रहेको छ । सूचना अधिकारी जि.सी. ले खड्का देखाउने र खड्काले अनेकन बहाना बनाएर महिनौसम्म सूचना नदिनुलाई सूचना लुकाउन खोज्नुको रुपमा बुझिएको र पटक पटक कार्यालयमा जाँदा पनि महिनौसम्म पनि सूचना नदिएको राष्टिय सूचना आयोगमा जानकारी गराउदा उजुरी आग्रह गरेको पौडेलको भनाई रहेकोछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?