 
                                     
								तनहूँ । एशियाली बिकास बैकको सहयोगमा ४ लेनको बिस्तार गर्न लागिएको पृथ्वी राजमार्गको पुर्वी सडक खण्डमा निर्माण कम्पनीहरुले अनावश्यक सास्ति दिएका छन् । सडक बिस्तार गर्दा जाम गर्ने, बाटो अवरुद्ध हुने सामान्य भएपनि निर्माण कम्पनीहरुले बाटो बिस्तार कार्य नगरेको स्थानहरुमा पनि मर्मत नगर्ने , निर्माण समय अवधिभर मर्मत सम्भार गर्नुपर्ने भएपनि झारा टार्न सडक बिग्रेको ठाउँमा मर्मत गरेको झै गर्ने गरेको पाईएको छ । सरकारले सडक बिस्तारको अवधि ३ बर्ष तोकेको र उक्त अवधिमा सडक मर्मतको जिम्मा पनि उक्त निर्माणकर्ताहरुको भएको सम्झौतामा उल्लेख भएपनि मर्मतको नाममा ग्राभेल मिसिएका ढुगां थुपार्ने काम मात्र गरिएको छ । जस्को कारणले २ पांग्रे तथा ४ पांग्रे साना सवारी साधनहरु दुर्घटना पर्ने जोखिम बढेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत मुसे खोलादेखि दमौली बजारको मादिपुलसम्म कुनै स्थानमा सडक बिस्तारको काम कुनै पनि नभएपनि उक्त स्थानमा उक्त निर्माण कम्पनिले सडक मर्मतको नाममा भईरहेको पक्की सडक बिनाकारण भत्काउने, मर्मत गरेको देखाउन सडकमा सवारी आगागमनमा गारो गराउने गरि ढुगां हालेर मर्मत गरेको झै गर्ने गरेको पाईएको छ । निर्माणमा रेखदेख गर्न खटिने व्यक्तिहरुसग अनौपचारिक कुराकानी गर्दै किन सडक भत्केको ठाउँमा ग्राभेल मिसिएका ठुला ठुला ढुगां हालिएको भनेर प्रश्न गर्दा ठुला ढुगां हालिदिएपछि स्पिड कुदाउन सक्दैनन् त्यसैले बाटोमा ठुला ढुगां राखिदिनु भन्ने अर्डर छ भन्नुहुन्छ ।
८० किलोमिटर सडकखण्डलाई २ भागमा बिभाजन गरि ठेक्का लगाईएको आँबुखैरनी जामुने पुर्वी सडकखण्ड ४१.५४ किमि स्तरोन्नतीको ठेक्का चाईनिज कम्पनी चाईना कम्युनिकेशन कन्शटक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयामा ठेक्का पाएको छ । त्यसैगरि जामुने पोखरा पश्चिम खण्डको चाईनिज येनहुई काईयुआन हाईवे एण्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का पाएको छ ।
मुग्लिन पोखरा सडक योजनाको आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर सडक ४ लेनको स्तरोन्नतीको क्रममा ३१ वटा नयाँ पुलहरु निर्माण हुनेछन् । ४ लेनको सडकमा सडक सिमा दुई तर्फि २५ । २५ मिटर हुनेछ भने बाक्लो बस्ति भएका क्षेत्रहरु डुम्रे बजार दमौलीमा ४१ मिटरको सडक बन्नेछ । खैरेनीटार ,दुलैगौडा, कोत्रे बजार, कास्की जिल्लाको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटर हुने बताईएको छ ।
ठेक्का प्राप्त पश्चात कुनै राजनीतिक दलहरुसग साँठगाँठ गरि कमसल निर्माण सामाग्रै प्रयोग गरिरहेको आरोप लागेको निर्माण कम्पनी कस्ले के गर्न सक्छ र हामीलाई ? भन्ने मनसायले अगाडि बढेकोले गुणस्तरियतामा शंका रहेको यसक्षेत्रका बुद्धिजिविहरुको राय छ । निर्माणमा कमसल सामाग्रीहरु प्रयोग गरिरहेको र मर्मत गर्ने भन्दै अलकत्राको सट्टा ग्राभेल मिसिएका ठुला ठुला ढुगां राखेर मर्मत गरेको देखिएको बारेमा मुग्लिन पोखरा सडक योजना पुर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीसग पटक पटक सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।






 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


