नेपालले क्यानाडामा ओन्टारियोलाई ५५ रनले पराजित

  • ख-
  • ख+


क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आइतबार राति भएको टी-२० खेलमा ओन्टारियोलाई ५५ रनले पराजित गरेको छ ।

लिग टु अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खलाका लागि तयारी गर्न क्यानडा पुगेको नेपालले यसअघि ५० ओभरको अभ्यास खेलमा ओन्टारियोलाई हराएको थियो ।
टी-२० खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा ओन्टारियो १५४ रनमै अलआउट भयो । अब नेपालले मंगलबार र बुधबार क्यानडासँग एक दिवसीय खेल खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?