तनहूँ । मंसिर १८ । पछिल्लो ३ दिन तनहूँ जिल्लाको तापक्रम निकै बढ्यो, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला प्रशासन कार्यालयको अनुरोध तथा आग्रहलाई वेवस्ता गर्दै पुल उट्घाटनमा सरिक हुन पुग्नुभयो, बुधवारको दिन त सत्तारुढ दलका कार्यकर्ताहरु जिल्ला प्रशासनमा विधि नियम कानुन मिचेर पुल उद्घाटन गर्दै हिड्ने कार्यलाई रोक्न माग गर्दै ठुलो प्रर्दशन गरियो । सत्तापक्षकै केहि कार्यकर्तालाई प्रहरीले गिरफ्तार पनि गर्यो सम्भावित भिडन्तलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहूँले निषेधआज्ञा जारी गर्यो तर वरिष्ठ नेता टसको मस हुनु भएन दलबल सहित उद्घाटनस्थल जाँदा प्रहरीले वहाँलाई नियन्त्रणमा लियो र ३ घण्टापछि मुक्त गर्यो । बिहिवार दलबल सहित नेपाली कांग्रेसका थुप्रै नेता तथा कार्यकर्ता सहित पगेर रामचन्द्र पौडेल उक्त पुल उद्घाटन गरियो तर त्यस्को बारेमा सबैले आ आफ्नो अड्कल गरे कसैले सरकारले पौडेल माथि अन्याय गरेको भने भने कसैले पौडेलले मैले नै उद्घाटन गर्नुपर्छ भनेर विधि प्रक्रिया मिचेको आरोप लगाए यसै सम्बन्धमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री किरण गुरुगंले एउटा विज्ञप्ति निकाल्नु भएको छ विज्ञप्तिका अनुसार उक्त दुबै पुलको सम्बन्धित सरकार र कार्यालयसग समन्वय नै नगरि नेपाली कांग्रेस पार्टीको दलबल सहित अनाधिकृतरुपमा उद्घाटन गरिनु अनाधिकृतरुपमा यी दुईवटा पुल उद्घाटन गर्नु भनेको आफैमा हास्यास्पद र लज्जास्पद कुरा हो । विज्ञप्ति अनुसार सुडेको पुल संघिय सरकारको बजेट र कार्यक्रम अन्र्तगत यो पुल सडक डिभिजन कार्यालय तनहूँद्धारा निर्माण सम्पन्न हो भने व्यास नगरपालिका वडा नं १, १० र ११ तालघरे दुम्सिचौर सडक अन्र्तगत बुल्दीखोला सडकपुल साविक जिल्ला प्राविधिक कार्यालय तनहूँबाट सम्झौता भएकोमा हाल गण्डकी प्रदेश सरकारको बजेट कार्यक्रम अन्र्तगत पुर्वाधार बिकास कार्यालय नवलपरासी वर्दघाट सू.पू. बाट निर्माण कार्य सम्पन्न भएको हो भन्ने लेखिएको छ मन्त्री गुरुगंद्धारा विज्ञप्ति जस्ताको तस्तै
प्रेस विज्ञप्ति
तनहूँ जिल्लाको सुँडेस्थित सेति नदिमाथि बनेको मोटरेवल पुल तथा व्यास नगरपालिका वडा नं १, १० र ११ जोड्ने बुल्दीखोलाको मोटरेवल पुल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा कथित उद्घाटन र त्यस्ले उत्पन्न विवादले गम्भिर ध्यानार्कषण गराएको छ ।
१. तनहूँ जिल्ला रिसिगं गाउँपालिका वडा नं. ३ र व्यास नगरपालिका वडा नं. १३ जोड्ने सुँडेस्थित सेति नदिमाथि बनेको मोटरेवल पुल २०७१ साल असार २९ गते सम्झौता भई २०७७ बैशाष ३० गते सम्पन्न भएको छ । एड्भेन्चर क. कम्पनी प्रा.लि. भरतपुरको निर्माण व्यवसायीसग सम्झौता भई रु. १० करोड ७१ लख २ सय ७८ रुपैया लागतमा निर्माण सम्पन्न भएको हो । जस्को लम्वाई १ सय ५ मिटर रहेको छ । संघिय सरकारको बजेट र कार्यक्रम अन्र्तगत यो पुल सडक डिभिजन कार्यालय तनहूँद्धारा निर्माण सम्पन्न हो ।
२. तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं १, १० र ११ तालघरे दुम्सिचौर सडक अन्र्तगत बुल्दीखोला सडकपुल साविक जिल्ला प्राविधिक कार्यालय तनहूँबाट सम्झौता भएकोमा हाल गण्डकी प्रदेश सरकारको बजेट कार्यक्रम अन्र्तगत पुर्वाधार बिकास कार्यालय नवलपरासी वर्दघाट सू.पू. बाट निर्माण कार्य सम्पन्न भएको हो । उक्त पुल २०७२ साल फागुन १३ गते सम्झौता भई २०७५ साल कार्तिक ९ गते सम्पन्न भएको हो । उक्त पुलको Variation सहित सम्पन्न लागत २ करोड ६९ लाख ९९ हजार १ सय ९७ रहेको छ । पुलको लम्वाई ४२ मिटर र चौडाई ६ मिटर रहेको छ ।
संघिय सरकार तथा प्रदेश सरकारको बजेट तथा कार्यक्रम अन्र्तगत निर्माण हुने बिकास निर्माणका सबै कार्यक्रम र परियोजनाको स्वामित्व सम्बन्धित सरकार र त्यस अन्र्तगतको कार्यालय मातहत रहने हुदा योजनाको शिलन्यास तथा उद्घाटन सम्बन्धित सरकारका निकायसगको समन्वय र व्यवस्थापनमा हुने कानुनी प्रकृया, मान्यता र रहेको छ । सम्बन्धित सरकार र कार्यालयसग समन्वय नै नगरि नेपाली कांग्रेस पार्टीको दलबल सहित कथित उपभोक्ता समितिको आयोजनामा अनाधिकृतरुपमा यी दुईवटा पुल उद्घाटन गर्नु भनेको आफैमा हास्यास्पद र लज्जास्पद कुरा हो । अझ उसलाई राजनितिक प्रतिष्ठा बनाउनु भनेको तनहूँका सिगों नेपाली कांग्रेस यसका नेता तथा कार्यकर्ताहरुमा पलाएको हिनग्रन्थीले उत्पन्न बहुलठ्ठीपुर्ण कृयाकलाप बाहेक केहि होईन ।
सम्बन्धित कार्यालयहरुसग जानकारी र समन्वय नै नगरि अपारदर्शी ढंगले राजनितिक बलमिच्याईका आधारमा पुलको उद्घाटन गर्दै हिड्नु भनेको गलत प्रक्रिया मात्र होईन आफैमा खेदजनक बिषय पनि हो । आगामी दिनमा यस्ता कामहरु कहि कतैबाट नहोस् भन्ने कुरामा सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहान्छु ।
किरण गुरुगं
मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश, नेपाल









