दमौलीमा स्वास्थ्य ल्यावहरुको मनपर्दीः ल्याव संचालकहरुसग मोटो रकम कमिशन बुझ्दै चिकित्सकहरु

  • ख-
  • ख+

तनहूँ । तनहूँको दमौलीमा भएका ल्यावहरुले बिरामीहरुसग मनपर्दीरुपले पैसा असुलेको गुनासो आएको छ । दमौलीमा स्वास्थ्य रगत, दिशा , पिसाव , खकार, थाईराईड लगायत स्वास्थ्य समस्या आउदा चेकजाँच गर्ने अनेकन ल्यावहरु भएपनि ति ल्यावहरुले बिरामीलाई मर्का पारिरहेको भुक्तभोगी बिरामीको भनाई रहेको छ । ” साधारण टाउको दुखेर गएपनि टाउको दुखेको चेकजाँच गर्नुभन्दा यो आईहाल्यो भनेर अनेकौ चेकजाँच गर्ने गरेको पाईन्छ , नगरौ रिसाउलान् भन्दाको डर, गरौ बिनासित्ति पैसा तिर्नुपर्ने, जे समस्या हो त्यसैसग सम्बन्धित चेकजाँच गर्न पाए पो हुन्छ , एउटै बिरामीको दमौलीको ल्यावमा चेक गर्दा र पोखरा चितवनको स्तरिय ल्यावमा चेक गराउदा आकाश जमिनको फरक आएको कारण पनि ति ल्यावको विश्वसनियतामा पनि पटक पटक प्रश्न उठ्ने गरेको” एक जना भुक्तभोगी बिरामी बताउनुहुन्छ ।
”ल्यावहरुको वर्गिकरण अनुसार तिर्नुपर्ने रकम घटबढ भएपनि चिकित्सकको अनुमति वेगर नै कति ल्यावका संचालक तथा कर्मचारीहरुले यो पनि चेक गरौ न त्यो पनि चेक गरौ न भन्दै अनावश्यकरुपमा विल थमाउने प्रमुख समस्या रहेको ” उहाँको भनाई रहेको छ ।
दमौलीमा संचालित केहि ल्यावहरुका बारेमा सुनिएका गुनासाहरुबारे जिज्ञासा राख्दा व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोति ”ल्यावहरुको वर्गिकरण प्रदेशबाट हुने भएकाले शुल्क निर्धारणमा आफुहरुको कुनै भुमिका नहुने र कसैले नियम विपरितका कार्य गरेको उजुरी गरेको खण्डमा कारवाही गरिने” बताउनुभएको छ साथै ”जिल्ला प्रशासन कार्यालय तनहूँका प्रतिनिधि, स्वास्थ्य कार्यालय तनहूँका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि र स्थानिय निकायका प्रतिनिधि भएर अनुगमन गर्ने गरेको र लामो समयदेखि अनुगमन हुन नसकेको ” बताउनुभएको छ ।
दमौलीमा रहेका सरकारी अस्पतालदेखि निजी अस्पताल तथा क्लिनिकहरुले अनावश्यक चेकजाँच गर्न लगाउने, चिकित्सकहरुले धेरै पर्सेन्ट कमिशन पाउने लोभमा हप्तैपिच्छे ल्यावहरु परिवर्तन गरिरहने , सरकारी अस्पताल, निजी अस्पताल र क्लिनिकका चिकित्सक तथा संचालकहरुलाई धेरैभन्दा धेरै पर्सेन्ट कमिशन दिन ल्याव संचालकहरु तछाडमछाड गरिरहेको अवस्थामा उपभोक्ता अर्थात बिरामीप्रति परेको अन्यायको बारेमा कोहि बोलेको पाईएको छैन । सरकारी निकायले कहिलेकाहि गरिने नियमित कर्मकाण्डजस्तो ”हामी अनुगमन गर्न आउदैछौ है ” भनेर गरिने अनुगमनले ल्यावहरुबाट ठगिएका बिरामीहरुलाई राहत दिने कुनै काम गरेको छैन ।
प्रदेशमा दर्ता भई संचालन हुनुपर्ने भएपनि केहि महिना अगाडि दमौलीका प्रायश ल्यावहरु दर्ता नभईकन संचालन भएको भेटिएकोले बन्द गरिएको थियो । साना र ठुला गरि दमौलीमा अहिले दर्जनौ ल्यावहरु संचालनमा रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?