२०३८ सालमा धादिङको त्रिपुरेस्वरमा जन्मिएका धुर्ब अधिकारी २०५४ साल देखी पर्यटन क्षेत्रमा सकृय रहदै आएका छन, आफ्नो दाजु केशब अधिकारीले शुरु गरेको हारु ट्रेक्स बाट ब्यवसायमा जोडीएका धुर्बले २००३ मा सेकाई ट्रेक्स स्थापना गरेका थिए, त्यस बखत उनको कम्पनी सफल रहेको थियो , ब्यवसायको दौडानमा नै १० बर्ष जापान बसेर जापानमा पनि बिभिन्न ब्यवसायमा आबद्द रहेका अधिकारिले २०१३ मा नेपाल फर्केर डि एन डि ट्रेक्स, होटेल प्लेजर गाड्रेन लगायताका ब्यबसाय शुरु गरेका थिय, हाल उनले ठमेल चोकमा VIP लाउन्ज, होटेल रेट्रो, हेबन्ली स्पा लगायतका ब्यबसाय संचालन गरिरहेका छन । ठमेल पर्यटन परिषदको महासचिब समेत रहेका अधिकारी ठमेलका स्थानिय घरधनी र ब्यबसायिहरु बिच चिर परिचित अनुहार हो १ सकृयता पूर्वक ठमेलको बिकास निर्माण, ठमेलको सुरक्षा, प्रचार-प्रसार लगायत तमाम समस्याहरुको समाधानको अगुवाई गरेका अधिकारीले विश्वका बिभिन्न देशहरुको भर्मण गरेर अनुभब संगालेका छन । आफ्नो अनुभब साथै सामुहिकतामा नेतृत्व गर्ने क्षमतालाई प्रयोग गरी ठमेलको मौलिकता र सस्कृतिको सम्बर्धन गर्दै ठमेललाई बर्ष भरी नै एक उत्कृष्ट पर्यटकिय गन्तब्य बनाउन र राजधानिको केन्द्र ठमेललाई संसारभर प्रचार गरी ठमेलबासी लगायत नेपालीहरु बिच ठमेलको महत्व झल्कने गरी काम गर्न आफु अध्यक्ष पदमा उमेद्वार बनेको उहा बताउनुहुन्छ । आफु र आफ्नो समुहालाई अमुल्य मत दिएर बिजय गराउनु हुन सम्पूर्ण ठमेल पर्यटन परिषद सदस्यहरु मा अधीकारी हार्दिक अपिल गर्नुहुन्छ ।








