युएईमा भएको भलिवल प्रतियोगितामा तनहूँगे टिम प्रथम

  • ख-
  • ख+

मुस्लिम धर्मालम्बिहरुको महान चाड इदको अबसर पारेर प्रदेशी हालेमालो सहकारी संस्था युएईले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगितामा तनहूँ सेवा समाज युएई टिम प्रथम भएको छ । प्रदेशी हातेमालो सहकारी सस्था लिमिटेडले आयोजना गरेको भलिबल प्रतियोगितामा प्रदेशी हातेमालो सहकारी संस्था दोश्रो , पर्बत समाज युएई तेश्रो कोटाकोट मगर समाज युएईले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ । ।
नेपालीहरुले आयोजना गरेको हालसम्म कै सबैभन्दा धेरै धन राशि पुरस्कार भएको भएको भलिबल प्रतियोगितामा प्रथम पुरस्कारहरु ४, १११ दिराम थियो दोस्रो २,२२२ दिराम तेस्रो १,१११ दिराम र चौथो ५५५ दिराम थियो्र ।
३२ टिमको सहभागी रहेको प्रतियोगितामा बिधागत रुपमा मस्ट भ्यालुएबल बेस्ट प्लेयर- मिलन चन्द ठकुरी ,बेस्ट पाइकर-निर्मल ठकुरी, बेस्ट सेटर(लिफ्टर) -घनस्याम गुरुङ्ग (गन्नु), बेस्ट लिब्रो – निरज बुढाथोकी मगर , बेस्ट कोच -देवेन्द्र शाही ठकुरी हुनुभएको थियो ।
युएईमा हुने विभिन्न भलिबल प्रतियोगिताहरुमा प्रथम हुँदै आइरहेको तनहूँको भलिबल टिम युएईमा पाँचौं पटक प्रथम हुन सफल भएको हो ।
प्रतियोगितामा प्रथम भएपश्चात खेलाडीहरुलाई सदैव प्रेरणा, हौसला र साथ दिने तनहूँ सेवा समाज युएईका खेलकुद संयोजक राजु तिमिल्सीना,टिम म्यानेजर देव शाही ठकुरी, प्रमुख सल्लाहकार हिरालाल श्रेष्ठ, संरक्षक दिपक खड्काले खेलाडी लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभएको संस्थाका अध्यक्ष सुदिप कार्कीले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?