कास्कीमा रुखमा झुण्डिएको अवस्थामा २ जनाको शव भेटियो

  • ख-
  • ख+

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ ।

मंगलबार घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी स्रोतका अनुसार शव केही दिन पुरानो देखिन्छ ।

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?