डा. बाबुराम भट्टराईलाई जसपा विभाजन गर्न पुग्यो ४० प्रतिशत

  • ख-
  • ख+

काठमाडौं । उपेन्द्र यादवले डा. बाबुराम भट्टराईसँग अघि बढ्न इच्छा नदेखाई एक्लै चलेपछि सत्ता गठबन्धनको चौथो ठूलो दल र स्थानीय निर्वाचनबाट समेत देशकै चौथो दल बनेको जनता समाजवादी पार्टी औपचारिक विभाजनमा गएको छ ।
सोमबार एकैदिन उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका अलग(अलग बैठक बसेसँगै जसपा विभाजनमा गएको हो । डा. बाबुराम भट्टराईले बोलाएको संघीय परिषद्को बिस्तारित बैठकमा २३० जना केन्द्रीय सदस्य सहभागी भएको जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना बाबुरामतिर खुलेको दाबी पाण्डेको छ । यो भनेको जसपाको विभाजनका लागि कानूनबमोजिमको ४० प्रतिशतभन्दा बढी हो । संसदीय दलमा पनि आफूहरुको ४० प्रतिशत पुग्ने दाबी बाबुराम निकट नेताहरुको छ ।
सोमबारको बैठकमा भने बाबुराम र महिन्द्र राय यादव दुईजनामात्र सांसद सहभागी हुनुहुन्छ । कतिपय उपेन्द्रसँग असन्तुष्ट नेताहरु पर्ख र हेरको अवस्थामा रहेकोले भने समानुपातिक सांसदहरुको पद उपेन्द्रले खोस्ने डरले खुल्न नसकेको बताईएको छ ।

बाबुरामको पक्षमा जसपाका २० मध्ये १० जना सांसद रहेको दाबी गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?