 
                                     
								तनहूँ । सोमबार व्यास नगरपालिकाले सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण गरेकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेल र नेपाली कांग्रेसका पुर्व सहमाहान्त्री गोविन्दराज जोशी पुत्र एवं व्यासका मेयर पदमा पराजित दिपकराज जोशीले समान धारणा व्यक्त गर्नुभएको छ । व्यास नरगपालिकाले व्यास नगरपालिका वडा नं. २ ले सोमबार ३ भुमिहिन दलित, ६ भुमिहिन सुकुम्वासी र १२३ जना अव्यवस्थित सुकुम्वासीहरुलाई गरेको थियो । दमौलीको करोडौ, अर्वौको जग्गा सुकुम्वासी र अव्यवस्थितको नाममा वितरण गरेपछि सामाजिक संजालमा अर्वपतिहरुलाई नगरपालिकाले जग्गा वितरण गरेको भनेर चर्को विरोध भएको छ । यसै प्रसंगमा नेपाली कांग्रेसका पुर्व सहमहान्त्री गोविन्दराज जोशी पुत्र एवं व्यासका मेयर पदमा पराजित दिपकराज जोशीले ”यो त अति भएको’‘ भन्दै कडा भाषा प्रयोग गर्दै ‘‘२०४८ साल यता व्यास नगरपालिका भएपछि दमौलीको र तनहूँ जिल्लाभरिकै सबै सार्बजनिक जग्गा ब्यक्ति को नाममा नामसारी भएको छ। दरै, बोटे र कुमालहरूले आर्जेको सबै जग्गा सामंतीले हडपेर आफ्नो नाममा नामसारी गरेका छन्। यसको छानबिन हुनुपर्छ। बेथितिको बिरुद्ध निस्कने आवाज किन त्यति चर्को छैन ? सर्वहारावर्गको मुठ्ठी एक भयो भने चट्टानको चोट दिन सकिन्छ र पनि किन मौन छौँ हामी ? आज नबोले कहिले बोल्ने ? तपाइँले नबोले कसले बोल्ने ? ” भन्नुभएको छ भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेलले पनि कांग्रेसकै व्यास नगरप्रमुख निस्सा लिनेहरु पनि कहि न कहि कांग्रेसकै राजनितिसग जोडिएका व्यक्तिहरु हुदाँ पनि ”दमौलीका जल्दा बल्दा व्यापारी लगायतले सुकुम्बासी (घरबार बिहिन) ले पाउनुपर्ने सुविधा ( जग्गाको निस्सा) लिएको भन्ने कुरा स्विकार्य हुनै नसक्ने कुरा हो । यदि धनीमानी वा हुनेखानेले सुकुम्बासी आयोगबाट अनुचित सुविधा लिन्छन् भने त्यो गलत मात्र हैन अपराध हो ” भन्नुभएको छ ।
यसरी जल्दा बिषयमा असमान धारण राख्ने तनहूँका २ नेताका पुत्रहरुबाट समान धारणा आउनुलाई पनि तनहूँवासीले परिवर्तनको संकृेतको रुपमा हेरेका छन् र आशा गरेका छन् । यसै बिषयमा एक जना कांग्रेसका नेतासग प्रतिक्रिया लिदा ”अब बाउहरु सन्यास लिएर छोराहरुलाई अगाडि बढाए हुने हो क्यारे किनकी जुन कुरामा बाउहरु चुपचाप छन् छोराहरुले त बोल्ने आँट गरे नि नैतिकता देखाए नि !” भन्नुभएको छ ।
स्मरणिय छ सोमबार व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने, नेपाली कांग्रेस तनहूँका नेता एवं भुमि आयोग तनहूँका अध्यक्ष रामचन्द्र अधिकारी, समाजवादी पार्टी तनहूँका नेता एवं भुमि आयोग कै सदस्य श्रीराम कार्की लगायतको उपस्थितिमा व्यास नरगपालिकाले वितरण गरेको निस्सा प्राप्त गर्नेहरुमा दमौलीका विनोद चौधरी कहिलिएका व्यक्ति बृषराज श्रेष्ठ, व्यास १३ का निवर्तमान अध्यक्ष लेखबहादुर राना, व्यास नगरपालिकाका वरिष्ठ ईन्जिनियर रविन्द्र मुल लगायतका करोडौ तथा अर्बौका मालिकहरु हुनुहुन्छ । ( शिर्षक सम्पादित)

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


