काठमाडौंको भृकुटीमण्डपमा आगलागी

  • ख-
  • ख+

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनुभएको छ ।
उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?