 
                                     
								तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रमाचन्द्र पौडेलले आफुलाई आउने निर्वाचनमा तनहूँ जिल्ला क्षेत्र नं. १ बाट कसैले लखेट्न नसक्ने भनाई व्यक्त गर्नुभएको छ । उक्त कुरा उहाँले आज तनहूँ दमौलीमा आयोजित एक पत्रकार  भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको हो । नेपाल प्रेस युनियन तनहूँ शाखाले आयोजना उक्त कार्यक्रममा उहाँले केहि व्यक्तिहरुले बलजफति रामचन्द्र पौडेल तनहूँ जिल्ला क्षेत्र नंं १ बाट प्रतिनिधिसभाको निर्वाचन नलडोस् भन्ने चाहेकोले आफु त्यसबाट नभाग्ने बताउनुभयो , उक्त अवसरमा उहाँले अघिल्लो पटकको निर्वाचनमा आफुले ध्यान दिन नपाएकोले यसक्षेत्रबाट हारेकोले यो पटक त्यस्तो नहुने विश्वास व्यक्त गर्नुभएको थियो साथै उहाँले आफ्नो चाहना तनहूँ जिल्ला नछोड्ने भएपनि पार्टीले खटाए देशकै जुनसुकै क्षेत्रमा पनि जाने बताउनुभएको छ ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा उहाँले केपी ओलीको सरकारले संविधान मिच्ने काम गरेकोले वर्तमान् गठबन्धन सिद्धान्तको आधारमा नभई संविधान जोगाउनका लागि भएकोले यो धेरै लामो समयस्मम चल्ने बताउनुभएको थियो । 
उक्त अवसरमा उहाँले जिल्लाको विकास निर्मााणको सवाल र हालै भुमि आयोग तनहूँले व्यास नगरपालिका वडा नं. २ मा वितरित जग्गाको निस्सा विवादको बारेमा प्रश्न गर्दा आफुले समग्र देशको बारेमा चिन्तन गरिरहेकोले सानोतिनो कुरामा नअल्झने र शोषक सामन्तहरुको चाहना कहिल्यै पुरा नहुने बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस तनहूँका नेता एवं जिल्ला समन्वय समिति तनहूँका अध्यक्ष शान्तिरमण वाग्लेको पनि उपस्थिति रहेको थियो ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


