 
                                     
								तनहूँ । व्यास नगरपालिका वडा नंं १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस प्रमुखको ६ महिनाको लागि पुर्ननियुक्ति गरेको छ । वर्तमान् क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको असार मसान्तदेखि सकिएपछि आदिकविको ईतिहासमा पहिलो पटक क्याम्पस प्रमुखको पुर्ननियुक्ति म्याद थप गरिएको हो । हड्खलेको कार्यकाल सकिएपछि नयाँ क्याम्पस प्रमुख नियुक्त गर्न अनेकन शक्तिकेन्द्रहरुले चलखेल गरेपनि नयाँ क्याम्पस प्रमुख नियुक्त गर्न नसकेर कार्यसमितिले हड्खलेको पुर्ननियुक्ति गरेको छ ।
”३३ सदस्यिय कार्यसमितिले नयाँ क्याम्पस प्रमुख चुन्न नसक्नु नै कार्यसमितिको विफलता रहेको एक कार्य समितिको सदस्यले बताउनुभएको छ साथै उहाँले सामुदायिक क्याम्पसमा सेवा गर्न भनेर गएको त त्यहाँ हुने राजनितिक दवाव हेर्दा त कुनै राजनितिक पार्टीको शाखा जस्तो हुने रहेछ । हामी त क्याम्पस सुधार्नको लागि गएका थियौ, धेरैका कामहरु त गर्यौ तर अन्तिममा सफल भएनौ” भन्नुभएको छ । यसै बिषयमा अर्का सदस्यसग कुरा गर्दा ”  वर्तमान् संचालक समितिको कार्यकाल भाद्र १९ बाट सकिदैछ त्यसैले यो समितिको कार्यकाल सकिएपछि आफुलाई मनपर्ने व्यक्तिलाई क्याम्पस प्रमुख बनाउनको लागि ईतिहासमा पहिलोपटक ६ महिनाको लागि वर्तमान् क्याम्पस प्रमुखको पुर्ननियुक्ति गरिएको छ । यो प्रकरणले गर्दा अब समाजमा यो क्याम्पसलाई अब सरकारी बनाउन पहल गर्नुपर्छ भन्ने कुराले बल पुगेको छ ” भन्नुभएको छ ।
सामुदायिक क्याम्पस भएपनि बेला बेलामा विद्यार्थीहरुसग चर्को शुल्क असुल गरेको आरोप लागेको कुनै समय QAA सर्टिफिकेट प्राप्त हाल सोहि सर्टिफिकेट प्राप्त गर्न प्रयासरत आदिकवि भानुभक्त क्याम्पस सरकारी क्याम्पस बनाउन धेरैले चाहना राखेपनि सरकारी बनाउन समितिले पर्याप्त कदम चालेको छैन भने कर्मचारी तथा प्राध्यापकहरुलाई तलब दिन नसक्नाको कारण २ पटक महायज्ञ आयोजना गरिएको थियो । (सम्पादित)

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


