व्यास ५ का वडा अध्यक्ष श्रेष्ठद्धारा सरकारी मोटरसाईकल फिर्ताः यातायातको सुविधा नलिने घोषणा

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा ५ का वडा अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमाल ले पालिकाले वडा अध्यक्षको सुविधाको लागि दिएको मोटरसाइकल फिर्ता गर्नुभएको छ । वडा कार्यालयको कामकाजका लागि भनी व्यास नगर पालिकाबाट उपलब्ध गराईएको ग १ ब ८१६ नम्बरको मोटरसाइकल उहाँले प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई बुझाउनुभएको छ । उहाँले मोटरसाईकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तान्तरण गर्दै ‘‘आफ्नै सवारी साधनहरु छन् आफ्नो साधन थन्क्याएर वा बेचेर सरकारी सम्पत्ति पाईयो भन्दैमा प्रयोग गर्न मनले मानेन त्यसैले यातायात वापत पाउने कुनै पनि सुविधा नलिने गरि मोटरसाईकल फिर्ता गरेको हुँ । यस्ले स्थानिय जनप्रतिनिधिप्रति जनताले उठाउने गरेका प्रश्नहरु प्रति अलिकति पनि आशा जगाउछ कि भन्ने आशा छ । ”मोटरसाईकल त फिर्ता गर्नुभयो ईन्धन खर्च लगायतका सवारी मर्मत खर्च शिर्षकमा रकम लिनुहुन्छ कि ? ” भन्ने प्रश्नमा श्रेष्ठले ”आफुले यातायात खर्च वापतको कुनै पनि शिर्षकमा कुनै पनि सुविधा नलिने” बताउनुभएको छ
उत्तः अवसरमा प्रमुख प्रशासकीय अधिकृत सिग्देलले ”यसरी सेवा सुबिधा सबैले फिर्ता गर्दा नगरपालिकाको भार कम हुने ” बताउनुभएको थियो ।

देशका अन्य स्थानिय तहहरुमा सरकारी मोटरसाईकल तथा सवारी साधनहरु फिर्ता गर्ने देखिएपनि व्यास नगरपालिकामा आफुले पाएको सरकारी मोटरसाईल फिर्ता गर्ने वडा ५ का वडा अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमाल पहिलो जनप्रतिनिधि बन्नुभएको छ । नवनिर्वाचत वडा अध्यक्ष श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?