ब्यास १० खहरेको ढुगां खानीले सम्झौता विपरित काम गरेको स्थानियको आरोप

  • ख-
  • ख+

तनहूँ । ब्यास नगरपालिका वडा नंं १० खहरेमा संचालित बाराही क्वाईरीज् (ढुङ्गा खानी) ले नियम विपरित काम गरेको स्थानियवासीले आरोप लगाउनुभएको छ। स्थानियहरुका अनुसार दमौली कलेस्ति भोर्लेटार व्यास मार्ग चल्ने उक्त खानीका टिपरहरुले ढालाभन्दा माथि ढुगां बोकि हिड्ने गरेकोले बिशेषगरि उक्त सडकमा हिड्ने अन्य सवारी साधन तथा पैदलयात्रु दुर्घटना पर्न सक्ने बताउनुभएको छ। भार वहन क्षमताभन्दा बढि ढुगां बोकि टिपरहरु दैनिक सयौ पटक ओहोरदोहोर गर्दा सडकको अवस्था जिर्ण हुन लागेकोमा पनि स्थानियहरु चिन्तित हुनुभएको हो । बाटोको क्षमताभन्दा कयौं बढी माल ढुवानी भैरहदा पनि सम्बन्धित निकायको मौनतालाई धेरैले यस्लाई आर्थिक चलखेलसग जोडेर हेर्नुभएको छ भने उक्त ढुगां खानीले स्थानियसग गरिएको सम्झौता अनुसारको काम पनि नगरिदिएकोमा स्थानियहरु चिन्तित हुनुभएको छ । त्यतिमात्र होईन बर्षा याममा कुनै पनि खानी उत्खनन् गर्ने नपाइने नियम विपरित उक्त खानीले मनपर्दी ढंगबाट उत्खनन् गरिरहेकोमा छेउछाउका बस्ति दुर्घटना पर्न सक्नेमा सबैजना त्रसित भएको पनि स्थानियको भनाई रहेको छ । बस्तीलाई नै खतरा हुने गरि बर्षातको समयमा पनि उत्खनन् गरिरहदा बिशेषगरि स्थानिय सरकार र अन्य सरकारी निकाय मौन रहनुले स्थानिय वासिन्दाको मौनतासग खेलेको स्थानियवासीले आरोप लगाउनुभएको छ ।
लामो समयसम्म पनि ढुगां खानीले नियम कानुनको पालना नगरेको उक्त क्षेत्रका व्यवसायी विवेक सापकोटाले आफ्नो फेसबुकमा लेख्नुहुन्छ ”जिल्लाका विभिन्न स्थानहरुमा संचालित ढुगां खानीहरुले सडकको अवस्था अत्यन्तै नाजुक बनाएरको र ति सडकहरुको दुराअवस्था देख्दा यसमा यसमा सम्बन्धित निकायको ध्यान जाओस् , स्थानीयले एक दिन आवाज उठाउन सम्बन्धित निकाय आउन नपरोस् जे पुर्ब सर्त छ सोही अनुसार काम होस् ” साथै उक्त क्षेत्रकै अर्का समाजसेवी सागर घिमिरे लेख्नुहुन्छ ”ढुङ्गाको चुली बनाएर ल्याइएको हुन्छ, मलाई जहाँसम्म लाग्छ उक्त ढुङ्गा खानीको लागि सहमति भएको बाटो पनि यो )व्यास मार्ग) हैन तर शक्तिको आडमा सत्यको केहि जोर चल्दो रहेनछ । ” अर्का स्थानिय मनोज सुवेदी फेसबुकमा लेख्नुहुन्छ ”पैसा र शक्तिको आडमा जसले जे गरेपनि हुन्छ । राजनितिलाई पेशा बनाएर धन्दा चलाऊनेहरुको पावर र रबाफले बिचरा त्यो टोलबासीको गुनासो कसरी नगरपालिकाले सुनोस् ? जसले जे गरे नि हुने र अर्को कुरा सर्तहरु र सम्झौता गर्दाका टोलका मान्छेहरू सबै त्यहि छन् किन कोहि बोल्दैनन् त आखिर तिनिहरूलाई पनि भागमा परेकै हो त ?”
यसै बिषयमा वडा सदस्य एवं खानीका संचालक मध्येका एक ईश्वर पौडेलसग प्रतिक्रिया लिदा ”बाराही क्वारिज् ले खानेपानीको लागि कुमलटारी, बैरेनी, खहरेका बासिन्दालाई धेरै रकम दिईसकेको ” बताउनुभएको छ साथै उहाँले खानीमा संचालित टिपरहरुले बाटो प्रयोग गर्दा व्यास मार्गभन्दा ठुलो बाटो कहाँ छ र अर्को बाटो प्रयोग गर्ने ?” भन्दै प्रश्न गर्नुभएको छ । ”बर्षाको याममा पनि खानी संचालको बारेमा प्रश्न गर्दा कोरोना महाारी लगायत विविध कारणवश खानी संचालन गर्न नपाएको बारेमा जानकारी दिदै मन्त्रालयमा बर्षाको बेलामा पनि खानी संचालनको लागि अनुमति मागेको ” पनि उहाँले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?