गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई कोरोना संक्रमण

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालय श्रोतका अनुसार उहाँलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो ।
पोखरेल आइतबार देखि नै अस्वस्थ हुनुभएको थियो । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उहाँले सोमबार नै चिकित्सकसँग परामर्श लिनुभएको थियो ।

उहाँलाई अहिले पनि ज्वरो आइरहेको छ । सरकारी निवासमै आराम गरिरहनुभएका पोखरेलको अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले बताउनुभएको छ । ( साभारः नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?