भानुमा वडाको प्रशासनिक खर्च व्यासकोभन्दा तेब्बर र पोखराकोभन्दा दोब्बर

  • ख-
  • ख+

तनहूँ । तनहूँको भानु नगरपालिकाको वडा कार्यालयको प्रशासनिक खर्च व्यास नगरपालिकाको भन्दा तेब्बर र पोखरा महानगरपालिकाको वडा कार्यालयको भन्दा दोब्बर रहेको छ । आर्थिक बर्ष २०७९।०८० को नीति, बजेट तथा कार्यक्रममा प्रत्येक वडाको लागि ६ लाख रुपैया प्रशासनिक खर्च विनियोजन गरिएको छ । गण्डकी प्रदेशकै पोखरा महानगरपालिकामा वडा कार्यालयको प्रशासनिक खर्च ३ लाख र तनहूँकै व्यास नगरपालिकामा प्रशासनिक खर्च २ लाख ४० हजार रहेकोमा भानु नगरपालिकाको नीति, बजेट तथा कार्यक्रममा बिकास निर्माणमा जोड दिनुभन्दा वडाको प्रशासनिक खर्च बढाउनमा जोड दिईएको छ ।
बिकास निर्माणका कार्यहरुमा र नगरका गौरवका योजनामा मुस्किलले ३० लाख रुपैया छुट्याएको भानु नगरपालिकाले वडा कार्यालयको प्रशासनिक खर्चको लागि मात्र ७८ लाख रुपैया खर्च गर्न गईरहेको छ । (सम्पादित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?