रुख ढलेर बस र स्कुटर किच्दा भक्तपुरको सल्लाघारीमा ३ को मृत्यु, १२ जना गम्भीर घाइते

  • ख-
  • ख+

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् ।

मृतकमध्ये नितेश खर्वुजाको मात्रै सनाखत भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताए ।

काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटर रुख ढलेर च्यापिएका हुन् ।
यता, गृहमन्त्री बालकृष्ण खाडले घाइतेहरूको उपचार गर्न र सडक सुचारु गर्न निर्देशन दिएका छन् ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?