पाल्पामा बस दुर्घटनाः ६ जनाको मृत्यु, १७ घाइते

  • ख-
  • ख+

रुपन्देही । आइतबार दिउसो पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं २ लघुवामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट २ मा दुर्घटना हुँदा ३ महिला, ३ पुरुष गरी ६ जनाको मृत्यु भएको घटनास्थल रहेका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । मृतकको अझै सनाखत भएको छैन ।

घटनामा घाइते गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने स्थानीयको भनाइ छ । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?