कैलाली ।अछाममा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका २ भुलुमा अमर विष्टको घर पहिरोले पुरिदा तीन जनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १५ वर्षका संविधान विष्ट, ४५ वर्षकी हरिकला विष्ट २६ वर्षका वीरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
६६ वर्षकी नैन कला विष्ट घाइते रहेकी छन् । अमर विष्ट भने घर बाहिर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले नेपालप्रेसलाई जानकारी दिए । उनको घरमा राति करिब १ बजे पहिरो आएको थियो । राति नै सब निकालिएको हो ।
मृतक मध्ये संविधान अमरको भतिज हुन् । हरिकला भाउजू र वीरेन्द्र भाइ रहेको प्रहरीले जनाएको छ । घाइते भएकी नैन उनी आमा हुन् । (नेपाल प्रेस)








