विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी

  • ख-
  • ख+

बैतडी । विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् ।

बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् ।

नीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए ।

मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेका थिए । त्यसलगत्तै उनीहरूलाई स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?