एसईई नतिजा सार्वजनिक

  • ख-
  • ख+

काठमाडौंं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या १‍.९४ प्रतिशत रहेको बोर्डका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार नन ग्रेड ल्याउनेको संख्या ४ दशमलव ५५ रहेको छ भने ०.८१ देखि १.२० जीपीए ल्याउनेको संख्या ० दशमलव ६६ प्रतिशत रहेको छ ।

यस्तै १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ९ दशमलव प्रतिशत, १.६१ जीपीएदेखि २.० जीपीए ल्यानेको संख्या २० दशमल २९ प्रतिशत, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या २२ दशमलव ७४ प्रतिशत, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या १८ दशमलव ३१ प्रतिशत रहेको छ ।

२.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १४ दशमलव १३ प्रतिशत र ३.२१ देखि ३.६० जीपीए ल्याउनेको सख्ंया १ दशमलव ४० प्रतिशत रहेको परीक्ष नियन्त्रक अर्यालले बताए ।

स्थानीय तहको निर्वाचनका कारण यस वर्ष एसइईको नजिता सार्वजनिक हुनमा ढिलाई भएको हो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक अर्यालले बताए ।

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्राली, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्राली, इडीयु सञ्जाल र रिडर्स पोइन्ट प्रालीले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?