रामचन्द्र पौडेलसग भारतीय राजदूतको भेट

  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नवनियुक्त राजदूत श्रीवास्तवले बोहोराटारस्थित निवासमै पुगेर पौडेलसँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।

सो क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?