डुम्रेमा सागर, विनोद र दिपेन्द्र लागु औषधसहित पक्राउ

  • ख-
  • ख+

तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँले लागुऔषधमा संम्लग्न पक्राउ गर्ने क्रममा सुन्दरबजार नगरपालिका वडा नं. २ परेवाडाँडा बस्ने सागर क्षेत्री, बेशिशहर नगरपालिका २ बस्ने बिनोद शाही र लमजुङकै मर्स्याङदी गाउपालिका ९ खुदी बस्ने दिपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भानु, तनहूँका प्रहरी निरक्षक रमेश बिष्टको कमाण्डमा खटिएको टोलीले निजहरुलाई तनहूँ जिल्ला बन्दिपुर गाँउपालिका डुम्रेमा रहेको चन्द्रावती होटल एण्ड लजबाट लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तिनै जनलार्इ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ । प्रहरीले उनीहरुको साथबाट विभिन्न किसिमका जम्मा २ सय १० एम्पुल फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?