 
                                     
								तनहूँ । आफ्नो स्थायी कार्यालय नभएर कहिले भन्सार त कहिले फुस्रेटारबाट कार्यालय संचालन गरिरहेको तनहूँको भानु नगरपालिकाले नेपाली कांग्रेसको वडा कार्यालयको भवन निर्माणका लागि ९ लाख रुपैया बजेट छुट्याएको छ । आर्थिक बर्ष ०७९।८०को बजेट नगरपालिकाले भानु नगरपालिका वडा नं. ९ मा विपि स्मृति भवन निर्माणको लागि ९ लाख रुपैया बजेट विनियोजन गरेको हो । अधिकांश बजेट जनप्रतिनिधिले आफ्नो तजविजमा प्रयोग गर्न पाउने गरि आकस्मिक कोष, विपद् व्यवस्थापन कोष, विपद्बाट बिस्थापितलाई पुनर्स्थापना कार्यक्रम, खोज तथा उद्धार सामाग्री खरिदमा छ्ट्याएको नगरपालिकाले कुनै उल्लेख्य कामहरुमा बजेट विनियोजन गर्न सकेको छैन ।
आमा समुहका भवन निर्माण र विभिन्न मार्गका लागि ५ , ७ लाख बजेट बजेट विनियोजन गरेको नगरपालिकाले जनचासोका र जनतालाई अत्यावश्यक काममा बजेट वितरण नगरिकन कनिके बजेट छर्दै यसरी पार्टीको वडा कार्यालय निर्माणका लागि बजेट छुटरयाउनुलाई सर्वसाधारणले जति प्रतिनिधि फेरिए पनि सोचाई नफेरिएको रुपमा व्याख्या गरेका छन् । एकवन्धन दलकै एक स्थानिय नेताका अनुसार अहिले बर्षमा भानु ९ को नेपाली कांग्रेसको वडा कार्यालय निर्माणको लागि बजेट छुटयाईयो आँउदा बर्षहरुमा अरु वडालाई छुट्याउने होला , अघिल्लो कार्यकाल एमालेका र कांग्रेसका जनप्रतिनिधिहरुको किचलोको कारण भानुमा हुनुपर्ने बिकास निर्माणका काम भएनन् यसपटकका जनप्रतिनिधिहरुले चाँहि पार्टी कार्यालय बनाउने भए भन्नुभएको छ । स्मरणिय छ नेपालभर नेपाली कांग्रेसका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयहरुको भवनको नाम विपि स्मृति भवन रहेको छ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


