दमौलीको सत्यवती मा.वि.ले एसईईमा ल्यायो उत्कृष्ट नतिजा

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका २ स्थित रहेको सत्यवती माध्यमिक बिद्यालयले एसईईमा तनहूँकै उत्कृष्ट नतिजा हासिल गरेको छ । बुधबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा ३.८८ जिपिए सहित सामुदायिक बिद्यालयतर्फ जिल्ला कै उत्कृष्ट भएको बिद्यालयका प्रधान्धयापक एकबहादुर गुरुङले जानकारी दिनुभएको छ । हालै प्रकाशित एसईईको नतिजामा प्राविधिकतर्फबाट उक्त विद्यालयमा अध्यनरत सिद्धाथ पण्डितले ३.८८ जिपिए हासिल गर्नुभएको छ भने साधारणतर्फ सन्ध्या श्रेष्ठ र सुबेक्ष्या पाण्डेले ३.८० जिपिए हासिल गर्नुभएको छ।
बर्षौपिच्छे उत्कृष्ट नतिजा प्राप्त गर्ने नेपालकै नमुना बिद्यालयको रुपमा परिचित सत्यवती मा.बि.मा विद्यार्थीको आकर्षक बढ्दै गएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?