तनहुँ । बौद्धिक अपाङ्गता स्रोत कक्षामा योगदान पुर्याए बापत व्यास ६ को महेन्द्रज्योती मा.वि.की पुर्व आया शारदा गौली श्रेष्ठ सम्मानित भएकी छिन् । बि.स.२०५५ साल ब्यास ६ को शिशाघाटको महेन्द्रज्योति मा.बि.को हाता भित्र रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा कार्यरत आया श्रेष्ठ २०५६ भाद्र २९ गतेदेखी २०७६ साल माघ १ गतेसम्म आयाको रुपमा कार्यरत रहेकी थिईन् । उनले बालवालिकाहरुको रेखदेख,खानपान तथा सरसफाइमा पुर्याएको विशेष योगदानको उच्च मुल्यांकन गरि महेन्द्रज्योति पुर्ब बिद्यार्थी मञ्चको सक्रियता र अपाङ्गता लेखाजोखा केन्द्रको आथित्यतामा श्रेष्ठको योगदानको कदर गरि सम्मान गरेको हो ।
उक्त अवसरमा ब्यास ६ का वडा अध्यक्ष जीवन कुमार गुरुङले दुई दशकदेखि बौद्धिक अपाङ्गता स्रोत कक्षाका बिद्यार्थीहरुलाइ आमा सरह लगनसिल भएर काम गरेकी आया श्रेष्ठलाइ सम्मान गर्न पाउँदा भावबिभोर भएको बताएका थिए ।
लेखाजोखा संयोजक ईश्वर बास्तोलाले बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुसग २० बर्ष ६ महिना काम गर्दाखेरिको श्रेष्ठको आशा, शक्ति, अनुभवले सहानुभूति प्रदान गरेको कार्यक्षमतामा सुधार ल्याउन थप आत्मबल मिलेको बताएका थिए।
उक्त अवसरमा महेन्द्रज्योति पुर्ब बिद्यार्थी मंचका अध्यक्ष भानु चापागाईंले बिगत २०७२ सालमा स्थापित मञ्चले बिद्यालयका विभिन्न शैक्षिक गतिविधिमा सक्रिय उपस्थिती रहेको हाल बौद्धिक अपाङ्गतासग जोडिन पाउँदा भबिष्यमा सकारात्मक परिणाम आउनेमा आशाबादी रहेको बताएका थिए। दमौली बजारको काफ्ले कानुनी सेवाका प्रोपाइटर शिवलाल काफ्लेले बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाइ मिष्ठान्न भोजनमा आर्थिक सहयोग गरेका थिए ।
बिद्यालयका प्रध्यानाध्यापक हरिराज काफ्लेले बौद्धिक अपाङ्गता बिद्यार्थीहरुलाइ माया दिने, स्याहारसुसार गर्ने, खाना बनाइ खुवाएर आमा जस्तै बनेर निरन्तर कार्य गरेको बताए ।
कार्यैक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद प्रसाद छिमाल, गण्डकी प्रदेश अपाङ्ग महासंघकी सदस्य संगिता शर्मा, रिसेड तनहुँका महासचिव किशोर न्यौपाने उपस्थित रहेको कार्यक्रम संन्चालक बिद्यालयका शिक्षक बुद्धि कुमार बिकले गरेका थिए।








