 
                                     
								”किसान एमाले आएर उमेदवार बनेमा २६ बर्षसम्म जिल्लाको बिकासमा केहि लछारपाटो नलाएपनि देखाएरै रामचन्द्र पौडेललाई नै भोट हालिदिन्छु भन्ने जमात एमालेमा ह्वात्तै बढेको छ ।”
तनहूँ । सरकारले तोकेको बृद्धभत्ता पाउने उमेर एक दशकभन्दा अगाडि नै पुरा गरिसक्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचनको मिति घोषणा अगावै निर्वाचनको सुर्ताले सताईसकेको छ । कोईराला परिवारले पार्टी सभापतिको उमेदवार बन्न सर्पोट नगरेपछि शेरबहादुर देउवासग आत्मिय सम्बन्ध गाँस्न पुग्नुभएका पौडेलको अन्तर्मनको चाहना छ एक पटक यो देशको प्रधानमन्त्री वा राष्टपति हुने तर जीवनभर आफ्नो गढ सोचेको जिल्लामा अघिल्लो निर्वाचनमा बेहोरेको पराजय र मतअन्तरले उहाँ सपनीमा पनि पटक पटक तर्साउने गरेको छ ।
व्यापारिक परिवारबाट आउनुभएका कृष्णकुमार श्रेष्ठ किसानसग २०७४ को निर्वाचनमा पराजित भएपनि यसपटक त उहाँ जसरी भएपनि जित्छु भनेर नजाँनिदो रुपले निर्वाचनको घोषणा हुनु अगावै निर्वाचनको प्रचार प्रसारमा होमिनुभएको छ भने गठबन्धनको रटलाई बिचार, सिद्धान्त, जात , गोत्र , रंग केहि नमिले पनि छोड्नु हुदैन है गठबन्धन छोड्नु हुदैन भन्दै शेरशहादुर देउवाभन्दा एक कदम अगाडि बढेर पौडेल बोलिरहनुभएको छ । उहाँलाई राम्रोसग थाहा छ गठबन्धन गरेर शिर्ष नेतालाई निर्वाचन क्षेत्र सुरक्षित गरेर वर्तमान विजेता सांसद एवं पुर्वमन्त्री किसानलाई अन्यत्र स्थापित गरे पनि तनहूँ क्षेत्र नं. १ मा माओवादीलाई फकाउन सकिएन भने कांग्रेसको मतले मात्र विजयी बन्न सकिदैन । त्यसैले उहाँ जिल्लामा व्यालेन्स मिलाउन स्थानिय निकायको निर्वाचनदेखि नै लाग्नुभएको छ ।
स्थानिय निकायको निर्वाचनमा पौडेलले त व्यास, भानु लगायतका तहमा गठबन्धन गर्न खौज्दा खोज्दै नसक्नुभएको सबैले अनुभव गरेकै हुन् तर जिल्ला समन्वयमा नेकपा एमालेले हात जोडेर नेपाली कांग्रेसले मात्र बनाओस् जिल्ला समन्वय समिति भन्दाभन्दै पनि पौडेलकै जोरबलमा भोट फकाउनका लागि माओवादीलाई ३ पद हस्तान्तरण गरिएको मुटुमाथि ढुगां राखेर तनहूँका कांग्रेसीहरु आज पनि आँखामा आँशु टिलपिल लिदै भन्ने गरेका कतै छिपेको छैन । स्थानिय तहको निर्वाचनमा व्यास, भानु र देवघाटमा कांग्रेसको एकल विजयी, केन्द्रमा गठबन्धनको नाराको मुख्य हर्ताकता र जिल्लामा आफ्ना कार्यकर्ता रुष्ट भएपनि पद काँडचुड गर्न सफल भएपछि हौसिनुभएका रामचन्द्र पौडेल चुनाव प्रचारको पुर्वाभ्यासमा गाउँ गाउँ डुलिरहनुभएको छ भने अघिल्लोपटक रामचन्द्र पौडेललाई पराजित गर्न सफल नेकपा एमाले आफ्नो तर्फबाट निर्वाचनमा लड्ने उमेदवार खुट्याउन सकेको छैन । एमालेमा रामचन्द्र पौडेललाई पराजित गर्न त कृष्णकुमार श्रष्ठ किसान नै चाहिन्छ भन्ने पंक्तिभन्दा ”किसान एमाले आएर उमेदवार बनेमा २६ बर्षसम्म जिल्लाको बिकासमा केहि लछारपाटो नलाएपनि देखाएरै पौडेललाई नै भोट हालिदिन्छु ” भन्ने जमात ह्वात्तै बढेको छ ।
”रामचन्द्र पौडेलको हाईटको नेता त भेटिदैन तर उहाँलाई हराउन सक्ने मान्छे पनि त चाहियो नि , पिर नमान्नुस् खोजिरहेका छौ त्यसलाई ठुलो सस्पेन्सको रुपमा राखेका छौ । कुनै दिन देखाउने छौ त्यसपछि यस्ले त हराउछ है पौडेललाई भनेर सबैले भन्नेछन् ” एकजना जिल्ला स्तरिय एमाले नेताको भनाई रहेको छ ।
त्यसो पौडेलका परम्परागत प्रतिद्धन्द्धि गोविन्दराज जोशीलाई पौडेल विरुद्ध उमेदवार बन्ने चाहना राखेपनि उमेदवारी खारेजी गर्ने रोगले डराउदै एमाले जोशीलाई सर्पोट गर्न डराउने पक्का छ भने पुराना वामपन्थी नेता एकबहादुर आलेले पौडेललाई हराउन सक्नेमा स्वयं एमाले पंक्ति विश्वस्त हुन सकेको छैन । यस्तोमा एमालेले निर्णायक मत रहेको जोशी कांग्रेसलाई समेट्दै पौडेल बिरुद्ध कस्लाई अगाडि बढाउछ हेर्न बाँकि नै रहेको छ तर तनहूँ क्षेत्र नंं. २ मा एक से एक एमालेका नेताहरु हुनु र क्षेत्र नं. १ मा खडेरी देख्दा एमालेजन नै भनिरहेका छन् ”रामचन्द्र पौडेल चुनाव प्रचारमा गाउँ डुल्दैछन् एमालेका नेताहरु पौडेल बिरुद्ध लड्ने उमेदवार खोज्दैछन् ।”
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्ने कृष्णकुमार श्रेष्ठ किसानले एमाले परित्याग गरेपछि नेकपा एमाले कुहिरोमा हराएको काग जस्तो भएको छ भने कांग्रेसका अन्य आकांक्षी नेताहरुलाई व्यवस्थापन गर्न सके र माओवादी कार्यकर्ताले विश्वास गर्न सके २०७४ को निर्वाचनभन्दा पौडेलको लागि केहि सहज हुने अवस्था देखिएको छ । तर पनि आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई मिलाउन नचाहने र मिल्न नदिने पौडेलको ईच्छा र अरु पार्टीकालाई काखी च्याँप्ने उहाँको स्वभावले गर्दा त्यति सजिलै विजय प्राप्त गर्ने कुरा भने नेकपा एमाले र गोविन्दराज जोशी समुहले अगाडि बढाउने उमेदवारमा भर पर्ने तनहूँको राजनितिलाई नियाल्नेहरुको भनाई रहेको छ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


