प्रभु बैक दमौली शाखाका कर्मचारीले गरे बृद्धभत्ता बुझ्न आउनेलाई दुर्व्यवहार

  • ख-
  • ख+

श्रीमानको श्राद्ध भएर बृद्धभत्ता बुझ्न वडामा आउन पाईन भन्ने बृद्धालाई कर्मचारीले थर्काउदै भने: ”वडामा बुझ्न आउनु छैन यहाँ आएर भिड गर्ने ? उता जानुस् ” उनले यसरी व्यवहार गरे कोहि मानिस आफ्नो पैसा लिन होईन उनीसग भिख माग्न आईरहेको छ ।

तनहूँ । तनहूँको दमौलीमा रहेको प्रभु बैंकका कर्मचारीले बृद्धभत्ताको रकम झिक्न आउनेलाई दुर्व्यवहार गरेको पाईएको छ । व्यास नगरपालिका वडा नंं १० मा वृद्धभत्ता बाँड्ने जिम्मा लिएको उक्त बैंकले बृद्धभा बाँडेको दिनमा वडा कार्यालयमा उपस्थित नभएर बैंकमा पैसा लिन आउने बृद्धाहरुसग दुर्व्यवहार गरेको पाईएको हो । ”नागरिकता र बृद्धभत्ता सम्बन्धि कार्ड लिएर आँउदा पनि साक्षी लिएर आउनुपर्छ भनेर फकाईएको छ पछि भनसुन गरेपछि दिईयो दिन मिल्ने थियो भने किन पहिल्यै नदिएको ? दिन मिल्दैनथ्यो भने किन पछि दिएको ? ” एकजना बृद्धाको भनाई थियो ।
रिसेप्सनमा बस्ने महिला कर्मचारीले ”वडामा बाड्दा लिन नआउने यहाँ बैंकमा आएर भिड गर्ने ? उता जानुस् ” भनेर ”बैंकले बृद्धभत्ता बाँडेको समयमा आफ्नो श्रीमानको मृत्यु भएर किरिया बसेकी थिए ” भन्ने महिलालाई भनेको प्रष्ट सुनिन्थ्यो भने रिसेप्सनमै बस्ने पुरुष कर्मचारी ‘‘वडामा बाँड्दा लिन नआउने यहाँ भिड गर्ने ? उता गएर बस्नु ” भन्दै ठुलो स्वरमा बृद्धबृद्धालाई थर्काईरहेको पाईन्थ्यो उनले त्यसरी बृद्धबृद्धालाई थर्काईरहदा व्यास १० को विभिन्न भेगबाट आएका बृद्धाहरु बस्ने कुर्सीको अभावमा बैकको भुईमा बसेको देख्न पाईन्थ्यो ।

प्रभु बैंकले वडा कार्यालयमा भक्ता वितरण गर्ने समयमा पनि बिहान ११ बजेदखि लाईन बसेका अरुको सहारामा हिड्नु पर्ने अशक्तहरुलाई पनि ३ बजेपछि ”आज पैसा बाँडिदैन अर्को दिन आउनुस् ” भन्दै दिनभर लाईनमा उभ्याएर फिर्ता पठाएका प्रशस्त घटनाहरु भएका उक्त अवसरमा बैकभित्र पस्दा कर्मचारीहरुको खप्की खाएर भित्र बस्ने स्थान नभएपनि बाहिर आएर पेटीमा बसेका मानिसहरुको गुनासो रहेको थियो ।
‘बैकमा आफ्नो पैसा झिक्न आउने ग्राहकहरुसग पैसा माग्न आएको जस्तो तुच्छ व्यवहार गर्ने र पटक पटक बृद्धभत्ता बुझ्न जाने बृद्धहरुलाई दुर्व्यवहारको आरोप लागेको प्रभु बैकजस्ता बैकहरुलाई किन पैसा बाड्न अधिकार दिईन्छ ” कुर्दा कुर्दा थाकेर बाहिर पेटीमा बस्ने एकजना बृद्धाको प्रश्न रहेको थियो ।

प्रभु बैक दमौली शाखाको उक्त कक्षमा ९ जना बस्न मिल्ने कुर्सी रहेका छन् । उक्त समयमा ६ वटा कुर्सीमा बृद्धबृद्धा र अर्को कुर्सीमा २ जना महिला बसेर एकजना बच्चालाई सुताइर्एको थियो भने चेक, एटिम् झिक्न, खाता खोल्न आउने ग्राहकहरुको लागि रिसेप्सन कर्मचारी नजिकै २ बटा कुर्सीहरुको व्यवस्था गरिएको थियो । केहि बृद्धबृद्धा भित्र बस्ने ठाउँ अभाव भएपछि बाहिर पेटीमा बसेको पनि देखिन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?