पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक आज दिनभर नखुल्ने

  • ख-
  • ख+

अविरल वर्षासँगै खसेको पहिरोका कारण गएराती ११ बजेदेखि अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडक आज दिनभर नखुल्ने भएको छ । उक्त सडकखण्डको भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा खसेको ठूलो पहिरो हटाउन समय लाग्ने भएकोले आज दिनभर सडक नखुल्ने भएको हो।

पहिरो ठुलो रहेको र पहिरो स्थल आसपास निरन्तर वर्षा भैरहेकोले पहिरो पन्छाएर बाटो सूचारु गर्न कठिन भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सनजित तामाङले जानकारी दिए । यद्यपी सडक सुचारु गर्नका लागि बिहानै देखि ३ वटा मेसिनले लगातार पहिरो पन्छाइरहेको छ ।

यस्तै उक्त पहिरोमा दुई वटा सवारी साधन समेत परेको थियो । केराबारीमा ना ६ ख ४५७२ नं. को १२ चक्के ट्रक र ना १ ज ८५६५ नं. को म्याजिकका साथै नम्बर नखुलेको एउटा मोटरसाईकल पहिरोमा परेको सडक सुपरभाईजर रन्जिला क्षेत्रीले जानकारी दिए। उनका अनुसार पहिरोमा परेको मोटरसाईकल र मालवाहक ट्रक निकालिसकेको छ भने म्याजिकलाई निकाल्न सकेको छैन।

पहिरोले स्थानीयको ३ वटा घरमा समेत क्षति पुर्‍याएको छ। (छिम्केश्वरी न्युज् )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?