नेपाल खेलकुद महासंघ तनहूँको संयोजकमा कृष्णकुमार श्रेष्ठ चयन

  • ख-
  • ख+

तनहूँ । नेपाल खेलकुद महासंघ तनहूँको जिल्ला स्तरीय भेला गरि आयोजक कमिटिको संयोजकमा कृष्ण कुमार श्रेष्ठ चयन हुनुभएको छ । भोलाले सह सयोजक सपना कुमारी श्रेष्ठ , सह सयोजक सुर्य थापा, सचिव सुदिप पौडेल चयन हुनुभएको छ ।
नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश उप सचिव सुजन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला सचिव राजेश्वर ढकालको आथित्यतामा सम्पन्न भएको हो । उक्त अवसरमा सचिव ढकालले नेकपा एमाले मात्र सिङ्गे कम्युनिष्ट पार्टी जस्तो देखिएकोर अहिले सबै कम्युनिष्टहरु एकिकृत भएको पार्टी भनेको नेकपा एमाले मात्रै हो भन्नुभएको थियो । तनहूँमा आज पदाधिकारी चयन हुनु हुनेहरुलाई रातो टिका लगाइएको भनेको महासंघले जिम्मेवारी दिईएको जिम्मेवारीबोध भएर संस्था र खेलको विकासको लाग्नुपर्ने पनि उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश संयोजक विष्णु पुन, अतिथि गण्डकी प्रदेश सचिव शिव अधिकारी , सचिवालय सदस्य नरेन्द्र शर्मा भण्डारी, राष्ट्रिय युवा संघ तनहूँका अध्यक्ष मदन तिमल्सेना लगाएतले मन्तव्य राख्नुभएको थियो।
नेपाल खेलकुद महासंघ तनहूँका संयोजक कृष्ण कुमार श्रेष्ठ , कार्यक्रम अनिल पाण्डेले संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?