सुरज सुनार आइ. टि. एफ. तेक्वान्दो कास्कीको अध्यक्षमा निर्वाचित

  • ख-
  • ख+

पोखरा । कास्की जिल्ला आई.टि.एफ. तेक्वान्दो संघको पाँचौ अधिबेशन तथा बर्षिक साधारण सभाबाट सुरज सुनार आई. टि. एफ. तेक्वान्दो कास्कीको अध्यक्षमा निर्विरोध निर्वाचित भएको छ ,

हालै पोखरामा सम्पन्न पाँचौ अधिबेशन तथा बर्षिक साधारण सभाले उहाँलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा विक्रम सुनार, सचिवमा हेबिद्र खड्का र कोषाध्यक्षमा स्नेह गुरुङ निर्वाचत हुनु भएको छ ।

यसैगरि निर्विरोध निर्वाचित कार्यसमिति सदस्यमा निकिता तामाङ, उदय सुनार, प्रमित भुजेल, निकिता तामाङ, मिथुन घर्ति मगर रहेनुभएको छ । कार्यकारी समितिले विशाल वुढालाई उपाध्यक्षमा र मनिश रेस्मी , विशाल वुढा, टिटस् मल्ल र बिराट कुमाइ मनोनित गरेको छ ।

गण्डकी प्रदेश मामिला समितिका सभापति खिम बिक्रम शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा नेपाल आइ.टी.एफ. महासंघका सदस्य तथा गण्डकी प्रदेश आई. टी. एफ. तेक्वोन्दोका संघका अध्यक्ष घम बहादुर थापा र कास्की एन प्याबसनका कोषाध्यक्ष तथा कास्की जिम्न्याष्टिक संघका उपसचिव राजु के. सी. ले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?