मनकामना केबलकार साउन २३ गतेदेखि ६ हप्ता बन्द हुने

  • ख-
  • ख+

मनकामना केबलकार करिब ६ हप्ता बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्न यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो ।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम अघि बढाउन लागिएको कम्पनीले बुधबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरुले गर्नेछन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ । यस अवधिभर केबलकार सेवा बन्द हुनेछ ।
प्रविधिको स्तरोन्नतिपछि मनकामना नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुने कम्पनीले जनाएको छ । चितवन जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म मनकामना केबलकार सञ्चालन हुँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?