बाबुछोराले एकैदिन लगाए डीएसपीको फूली

  • ख-
  • ख+

काठमाडौं । नेपाल प्रहरीको डीएसपीमा एकैपटक बढुवा भएका बाबुछोराले फूली लगाएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा जनपदतर्फका राजेन्द्र अधिकारी र प्राविधिकतर्फ उनका छोरा ध्रुव अधिकारीले दर्ज्यानी चिन्ह लगाएका हुन् ।

राजेन्द्रले २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवा सुरू गरेका थिए । ध्रुव २०७५ सालमा प्राविधिकतर्फ इन्सपेक्टरमा भर्ना भएका थिए । ध्रुव इन्जिनियर हुन् । राजनका दुई सन्तानमध्ये जेठा छोरा पनि इन्जिनियर छन् ।
राजन २०५७ सालमा सई र २०६७ सालमा इन्सपेक्टरमा बढुवा भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?