गठबन्धनको सीट बाँडफाँट कार्यदलमा पुरुष ११ जना महिला संख्या शुन्य

  • ख-
  • ख+

काठमाडौं । सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना र अन्य दलबाट २ । २ जना सदस्य राखिएका छन् ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहनुभएको छ ।

नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य रहनुभएको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनुभएको छ ।

कार्यदलले साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको तथ्य आँकलन गरी सीट बाँडफाँटको मोडालिटीसहितको सुझाव पेस गर्ने बताइएको छ ।
११ सदस्यिय कार्यदल गठन गर्दा १ जना महिला सदस्य राख्नु कुनै पार्टीले पनि सिफारिस गरेको छैन ।न

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?