तनहूँ । व्यास नगर कार्यपालिकाको साउन गते बसेको नियमित बैठकले बेरुँजु फर्छ्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।
नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले आर्थिक बर्ष २०७९।८० का बजेट कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्ययोजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने, नगरपालिकाभित्रका सामुदायीक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सयुक्त बैठक राखी एस.ई.ई को नतिजाको विश्लेषण गर्ने, व्यास नगरपालिकाको मुल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टर र सबै वडाहरुमा सेवाग्राहिलाई आवश्यक निवेदन, फोटोकपि सेवा २०७९ भाद्र १ गतेदेखी लागु हुने गरी निः शुल्क सेवा प्रदान गर्नेलगायतका निर्णयहरु गरेको छ ।
उप(प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको बैठकले श्रावण ८ को बैठकका निर्णयहरुको समिक्षा गरि कार्यान्वयन हुन बाँकि विषयहरुमा कार्यान्वयनका लागि सम्बन्धित शाखाहरुलाई निर्देशन दिने निर्णय पनि गरेको छ । बैठकमा विश्व आदिवासि जनजाति दिवस ९ अगष्ट – श्रावण २४ गतेका दिन व्यास नगरपालिका अन्तरगतका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा कार्यालयहरुमा विदा दिने, सितलचोक युवा क्लबद्वारा आयोजित मेयर कप फुटवल प्रतियोगिता र अन्तराष्ट्रिय आदिवासी जनजाती दिवसका लागि सहयोग गर्ने, व्यास नगरपालिका अन्तर्गतका मादी सेति नदिबाट उत्खनन हुने ढुङ्गा गिट्टी बालुवा उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणिय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।








