तनहूँ । तनहूँको म्याग्दे गाउँपालिका वडा नं. २ बडरे बाट जुवाडेहरुलाई पक्राउ गरिएको छ । उक्त स्थानमा बस्ने सोम प्रसाद श्रेष्ठको घरमा जित हारको बाजी राखी अबैध रुपमा जुवा तास खेलिरहेको अवस्थामा घरधनी सहित जुवा खेल्ने र खेलाउने ११ जना व्यक्तीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी युवराज खड्काले जानकारी दिनुभएको छ । जुवाखालबाट ५८,२२३ रुपैया र तास नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।








