जापानबाट बृद्धाश्रमलाई सहयोग

  • ख-
  • ख+

आरजु पौडेल । तनहूँ । हाल जापानमा बस्नुहुने काठमाण्डौ निवासी सन्तोष थापा र बिष्णु सापकोटा थापाले आफ्नो विवाह उत्सवको १ बर्ष पुगेको उपलक्ष्यमा तनहूँ जिल्ला व्यास नगरपालिका वडा नंं ५ बेनीपाटनमा रहेको राष्ट्रिय परोपकार महासंघ नेपाल जेष्ठ नागरिक बृद्धाश्रममा आश्रय लिईरहनु भएका ५ बृद्ध र ३ बृद्धाको लागि ज्याकेट, सुईटर, मोजा, टोपी उपलब्ध गराउनुभएको छ वहाँले उपलब्ध गराएको सामाग्री विरता टोल बिकास संस्था व्यास ४ सिमलटारका अध्यक्ष सरोज बस्नेतको नेतृत्वमा गएको टोलीले उक्त आश्रममा हस्तान्त्रण गरिएको थियो । उक्त अवसरमा बस्नेत सहित संस्थाका अन्य पदाधिकारीहरुले हर्लिक्स्, चवनप्राश, चाउचाउ,,बिस्कुट पनि हस्तान्तरण गर्नुभएको थियो ।
उक्त अवसरमा अध्यक्ष बस्नेतले समाजमा सहयोग गर्न खोज्ने महानुभावहरुको कमि नभएको कारणले आफुहरु पनि यस्तो पुन्य कार्यमा सहभागी हुन पाउदा गौरवान्वित महसुस भएको भनाई व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा आश्रमका पदाधिकारीहरुले जापान निवासी सन्तोष थापा र बिष्णु सापकोटा थापालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्