(तस्विरः सांकेतिक)
एकदिन तनहूँको दमौलीका कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको थियो , नेपाली कांग्रेसका एकदमै कटिबद्ध एकजना कार्यकर्ताले प्रश्न सोध्न लाग्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ”तिमी त आफ्नै पार्टीको मान्छे प्रश्न सोध्ने हो त बस” भनेर भन्नुभयो ति युवा कुर्सीमा बस्न पनि नबसिकन कार्यक्रम स्थलबाट उठेर हिडे ।
अर्को एक दिन पौडेलकै आग्रहमा दमौलीमा पत्रकार सम्मलेनको आयोजना गरिएको थियो । कसैले प्रसंग ननिकालेपनि वरिष्ठ नेता पौडेलले आफ्नै पार्टीका नगर प्रमुख र आफुले नै नियुक्ति दिलाएका भुमी आयोगका अध्यक्षले वितरण गरेको निस्साप्रति अति नै चर्को शब्दमा आपत्ति जनाउनुभयो ।
यावत् कुराहरु भईरहेपनि २ वटा निर्वाचन क्षेत्र रहेको तनहूँ बाट संघीय सांसदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख, पुर्व उपप्रधानमन्त्री , विभिन्न मन्त्रालयको मन्त्री बन्नुभएका रामचन्द्र पौडेल तनहूँ क्षेत्र नंं १ बाट आफुलाई उमेदवार सोचेर चुनाव प्रचारकै शैलीमा गाउँघर डुल्न थाल्नुभएको छ ।
पहिलो कुरा त अघिल्लो चुनावका विजयी उमेदवार हाल नेकपा एकिकृत समाजवादीका नेता पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान गठबन्धन दलकै सहयात्री हुनुले पनि पौडेललाई टिकट प्राप्त गर्न केहि न केहि व्यावधान पर्ने देखिएको छ ।
पुर्वमन्त्री श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका प्रणेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रियपात्र भएकोले पनि रामचन्द्र पौडेलको व्यवधान हटाउने काम पुर्वमन्त्री श्रेष्ठको हातमा रहेको केहि मानिसहरुले आकंलन गरिरहेका छन् ।
पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानलाई अर्को स्थानमा व्यवस्थापन गरेर ”मैले टिकट ल्याईहाले तिमीहरु जे सुकै गर” भनेर भण्डारी र भट्टराईलाई दोवाटोमा छोडे निर्वाचन परिणामको मतान्तर अघिल्लो निर्वाचनको भन्दा निकै धेरै हुने कुरा धेरै तनहूँ कांग्रेसीहरुलाई राम्रैसग थाहा भईसकेको छ ।
केन्द्रमा प्रतिनिधित्व गर्ने पूर्वमन्त्री तथा केन्द्रीय सदस्य शंकर भण्डारी र अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई व्यावस्थापन गर्नु पनि नेपाली कांग्रेसको केन्द्रीय कमिटिमा १ जना सदस्य बनाउन नसक्नुभएका पौडेलका लागि सगरमाथा चढ्न खोजे समान हुनेछ ।
केन्द्रीय सदस्य भण्डारी ”रामचन्द्रदाईले हिजो काखी नच्याँपे पनि आज त काखी च्याँपेर आफुलाई क्षेत्र नंं १ छोडे भोली रामचन्द्र दाईको लागि के गर्नुपर्छ , कोसग लड्नुपर्छ त्यस्को लागि आफु तम्तयार रहने” बताउनुभएको छ तर निर्वाचनको घोषणा अगावै वरिष्ठ नेता पौडेल चुनाव प्रचार प्रसारकै शैलीमा क्षेत्र नं. १ डुल्न निस्कनुले आफुले रामचन्द्रदाईबाट साथ सहयोग र नपाउने कुरामा भण्डारी पुर्ण विश्वस्त भईसक्नुभएको छ ।
सन्त र कार्यकर्ताहरु माझ घुलमिल हुन खासै मन नपराउने गोविन्द भट्टराई पनि ”अब ५ बर्षपछि उमेरले नेटो काट्नेछ , कांग्रेस भनेर बसेर के हुने रहेछ र जित्ने निर्वाचन क्षेत्रमा लडेर जितेर देश बिकासमा योगदान गर्न नपाएपछि भन्दै टिकट पाए ठिक नपाए स्वतन्त्र पनि उठ्नसक्ने” भन्दै आफ्ना नजिकका व्यक्तिहरुसग कुरा गरेको कारण पनि वरिष्ठ नेता पौडेलका लागि क्षेत्र नंं १ मा मत बटुल्न खासै सहज हुने देखिएको छैन ।
रामचन्द्र पौडेलको चिरपरिचित प्रतिद्धन्द्धि गोविन्दराज जोशीले त पौडेललाई हराउन कुनै कसर नछोड्ने कुरा पौडेललाई २०२४ सालदेखि नै राम्रै थाहा भएकै कुरा हो ।
श्रेष्ठ, जोशी, भण्डारी र भट्टराईले टाउको दुखाउने त छदैछ पछिल्लो समय स्थानिय निकायको निर्वाचन पश्चात जन्मेको तनहूँ कांग्रेसको तेश्रो धार जो तनहूँ कांग्रेसलाई सुधार्छौ भनेर संगठित हुन लागेको छ त्यो धार वरिष्ठ पौडेलको लागि ‘‘झिकिदे गाँडभन्दा थपिदे गाँड’‘ बन्नसक्ने सम्भावना देखिएको छ ।
तेश्रो धारका एक नेता भन्नुहुन्छ ”वरिष्ठ नेता पौडेल त्यागी नेता भनेर २०४८ सालको निर्वाचनदेखि २०७४ सालको निर्वाचनसम्म दिलोज्यानले सहयोग गर्यौ तर के पायो त जिल्लाले ? के पाए त तनहूँका जनताले ? उहाँले त सभामुख, उपप्रधानमन्त्री तथा मन्त्री लगायत सब् पाउनुभयो र अन्तमा त्यागी नेता भनेर साथ दिने हामीजस्ता धेरै त्यागी कांग्रेसीलाई नै त्यागी दिनुभयो । अझै कति समय र हामीले के का लागि बोक्ने उहाँलाई ? अब बोक्ने होईन आउने निर्वाचनमा वरिष्ठ नेता पौडेल र तेश्रो धारका नेताबिच आमने सामने हुन्छ ।”
स्थानिय निर्वाचनमा आफ्नो क्षेत्रमा सुविधाजनक बहुमत जुटाउनु भएका पौडेल नेकपा एकिकृत समाजवादीका स्वभाविक दावेदार पूर्वमन्त्री श्रेष्ठलाई अर्को क्षेत्रमा पठाउदै, माओवादी केन्द्रका उमेदवारलाई प्रदेशसभा सदस्यमा २ सिट सपोर्ट गर्दै उनीहरुको मतले जित्ने सपना देख्न थाल्नुभएको छ । भने अर्कोतर्फ पार्टीभित्रको अन्तर्घातले स्थानिय निकायमा जिल्ला समन्वय समिति बनाउने मौका गुमाएको नेकपा एमाले पनि अघिल्लो पटक झै यसपटक पनि रामचन्द्र पौडेललाई कसरी पराजित गर्न सकिन्छ ? कस्लाई उमेदवार बनायो भने फेरि तनहूँ क्षेत्र नंं १ मा लामो समयदेखि शासन गर्ने रामचन्द्र पौडेललाई दोश्रो पटक हराएको ईतिहास लेख्न सकिन्छ त्यस्को प्रतिक्षामा बसेको छ ।
”नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध नेकपा एमालेको उमेदवार को बन्ला त ? ” भनेर प्रश्न गर्दा नेकपा एमालेका एक स्थानिय नेता भन्नुहुन्छ ”पौडेलले पुस्ता हस्तान्तरण गर्न नचाहेर तनहूँमा रामचन्द्र पौडेल दुव्लाएको त स्वयं कांग्रेसीहरु नै भन्ने गरेका छन् । पौडेल अरुको बल सापटी लिएर तनहूँमा आफ्नो पाँखुरा बलियो देखाउन खोज्दै हुनुहुन्छ हामी पनि के कम छौ र पाँखुरा ठुला देखाउनेलाई आफुले मात्र पछार्न नसके जस्ले पछार्नसक्छ जस्तो लाग्छ त्यसैलाई साथ दिनेछौ । विश्वाश गर्नुस् केन्द्रमा त शेरबहादुर देउवाले शिरमाथि हात राखिदिएकोले केहि सुरक्षित होला तर जिवनको उत्तरार्द्धमा पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्लामा राजनीतिक भविष्य गम्भिर संकटमा छ ।”









