पोखराका पूर्वमेयर जिसी अस्पताल भर्ना

  • ख-
  • ख+

काठमाडौं । पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसी सोमबार बेलुका अस्पताल भर्ना हुनुभएको छ ।

जिसीको छातीमा अकस्मात् समस्या देखिए लगत्तै उहाँलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो ।

जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । ‘छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो कि भनेर आईसीयूमा राखेर उपचार सुरु गरेका थियौं, मुटुको समस्या रहेनछ,’ डा. बुद्धिबहादुर थापाले भन्नुभयो ।

अस्पताल भर्ना भएका जिसीलाई मेयर धनराज आचार्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

उपचारमा संलग्न डाक्टरहरूले जिसीको अवस्था सामान्य रहेको जानकारी गराएको मेयर आचार्यले बताउनुभयो ।

पूर्वमेयर यसअघि पनि अस्वस्थ हुनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?