तनहूँ का‌ग्रेसमा वरिष्ठदेखि कनिष्ठसम्मको विद्रोहको धम्कि !

  • ख-
  • ख+

तनहूँ । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट तनहूँ जिल्ला क्षेत्र नंं १ का १ प्रदेशसभा सदस्यको उमेदवार बन्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई निर्वाचनमा पराजय भएपछि यसरी काठमाण्डौ हुईकिनुभयो कि कार्यकर्ताले उहाँको मुहार नै देख्न पाएनन् ।
विपि स्मृति भवन दमौली, अनसन चौतारी र दमौलीका नामुद चिया पसलहरुतिर भेट हुनेहरुले ”पराजित भएपनि कार्यकर्तासग नभेटि गोविन्द भट्टराई त्यसरी हिड्नुलाई कार्यकर्ता मैत्री नभएको र त्यस्तो असल मान्छेलाई यस्ता कुराहरुले असर पार्ने ” कुरा आजपर्यन्त गरिरन्छन् ।
२०७४ सालको निर्वाचनमा पार्टी जिल्ल्लाका सबैक्षेत्रमा पराजित भएपछि तनहूँ कांग्रेसको सचिव पदबाट राजिनामा दिएको केहि समयपछि बिश्व बास्तोला पार्टीमा फर्कनुभयो ।
हालै सम्पन्न स्थानिय निकायको निर्वाचनमा टिकट वितरण र टिकट खोसिएकोमा आपत्ति जनाउदै पुनः विश्व बास्तोला तनहूँ कांग्रेसको संगठन विभाग प्रमुखबाट बाहिरिनु भएको छ । धेरै मानिसहरु बास्तोला ”सार्है सरल मान्छे छन् , पार्टीको निर्णयमा कहिलेकाँहि मन दुखाएका होलान् तर फेरि कांग्रेसमा फर्कने ”आश गर्दै बसिरहेका छन् ।
स्थानिय निकायको निर्वाचनभन्दा केहि महिना अगाडि नेपाली कांग्रेसको वडादेखि जिल्लासम्मको अधिवेशन शुरु हुदै थियो एकजना मानिसको चहल पहल निकै चाख लाग्दो थियो । आँखामा पावरवाला चश्मा, सानो कद तर आफु विचार ठुलो बोकेर आएको बताउदै आफुलाई भुतपूर्व राष्ट्रसेवक र नेपाली कांग्रेसको कार्यकर्ता बताउदै गाउँ गाउँ डुलेर तनहूँ कांग्रेसको महत्वपूर्ण पदमा दावी गर्नुभएको थियो ।
गुटैगुटले जेलिएको तनहूँ कांग्रेसको महत्वपूर्ण पदमा पुग्न उहाँको भिजन र दौडाईले साथ दियो कि दिएन उहाँलाई दमौलीको पुरानो विद्यालय निर्मल माध्यमिक विद्यालयको व्यवस्थापन समितिको सदस्य चाँहि बनाएको एकथरि कांग्रेसहरु भन्ने गरेका छन् ।
सम्भावनाका प्रशस्त अनुहार भएको तनहूँ कांग्रेसमा जब जब निर्वाचनको घडि आउछ तब भवसागर मचिने कुरा कसैको लागि नौलो रहेको छैन । तनहूँ कांग्रेसमा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उमेदवार प्रदिप पौडेल र धुर्व वाग्ले मध्ये हुने कि फेरि शंकर भण्डारीलाई ल्याउने भन्ने विवाद त्यति सतहमा आई नसकेपनि तनहूँ क्षेत्र नं. १ मा उमेदवार बन्ने सवालमा ठुलै विवाद आउने संकेत देखिन थालेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता आफु नै उमेदवार हुँ भनेर निर्वाचन मिति अगावै गाउँ डुल्न थालेपछि आशा गरेको युवा हुन् वा कपाल फुलेको बृद्ध युवा नेताहरु सबै तातेका छन् । यस्तोमा विश्वस्त श्रोतका अनुसार सन्त, शालिन युवा नेता नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई ”यो पटक त क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको टिकट आफुले पाउनु पर्ने ”भनेर चर्को दावी समेत गर्नुभएको बुझिएको छ ।
”यो पटक टिकट पाईएन भने अर्को पटक ६५ पुगिएला त्यसैले टिकट पाए ठिक छ नत्र स्वतन्त्र उमेदवारको रुपमा चुनाव लड्छु ” भनेर केन्द्रीय सदस्य भट्टराईले आफु निकट कार्यकर्तालाई स्ट्याण्ड वाई राखेको उहाँ नजिक श्रोतको भनाई रहेकोछ ।
अर्कोतर्फ ”आफुले २०४२।४३ सालदेखि कांग्रेसप्रति आस्था राखेर राजनीतिमा होमिएको, तनहूँ कांग्रेसको आधिकारिक पद छोडेपनि यति सजिलै तनहूँ कांग्रेसका साथीहरुको विश्वास भरोसा त कहाँ तोड्छु र म ? त्यागी, योग्य, भिजन भएका मानिसलाई तनहूँ कांंग्रेसले कहिलेसम्म पछि पार्छ ? त्यस्ता प्रवृत्तिको विरुद्ध कांग्रेसको त्यागी र पिडित साथीहरुलाई साथमा लिएर म पनि तनहूँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उमेदवार बन्नेछु” विश्व बास्तोलाको यो आवाज यतिवेला बजारतिर चर्कै सुनिन थालेको छ ।
”म पनि त कर्मचारी सेवामा काम गर्दादेखि नै पार्टीको सिपाही हुँ । भिजन छ, देश विकास र पार्टी संगठनलाई योगदान दिनसक्छु भन्दै डाक्टर शेषरमण न्यौपाने पनि कांग्रेसबाट विद्रोही नै सहि तनहूँ क्षेत्र नं. १ मा प्रतिनिधिसभाको उमेदवार बन्न कस्सिएर लागेको ” बताउन थाल्नुभएको छ ।
यसरी हेर्दा पार्टीबाट टिकट नपाए केन्द्रीय सदस्य भट्टराईदेखि कांग्रेस छोड्नुभएका बास्तोला र डा. शेषरमण न्यौपानेले ”जस्तोसुकै परिस्थिति आईपरेपनि तनहूँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि उमेदवारी दिने ” बताउनु भएको खबर बाहिरिएको छ ।
यो कुराहरु वार्गेनिगंको लागि बजारमा छरिएको भए उहाँहरुको लागि मात्र घातक होला नत्र यी ३ युवाहरुको चिन्तनले मुर्तरुप लियो भने तनहूँ कांग्रेसले सोच्दै नसोचेको विद्रोही गोविन्द भट्टराई र फकाएर फकिकेछन् भनेको विश्व बास्तोलालाई दर्हो प्रतिष्पर्धीको रुपमा पाउनेछ ।
त्यो दिन टिकट ल्याएर निर्वाचनमा उमेदवार हुनुभयो भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सार्है अप्रिय दिन हुनेछ किनकी जीवनको यो अवस्थामा अरुसग पराजित हुन परे त ठिकै छ आफुसग बिच्किएका आफ्नै चेलाहरुका कारण पराजित हुनुपर्यो भने शायद वरिष्ठ नेता पौडेलले भन्नुहुनेछ ”चोट दिने भनेकै आफन्तले हो पराई त झुक्किएर ठोकिदाँ पनि माफि माग्छन् ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?