तनहूँका जनतालाई ईमोशनल्ली व्याकमेल गर्दै रामचन्द्र पौडेल

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहूँमा चिनाईरहनुपर्ने नाम नै होईन । २०४८ सालदेखि मत हालिरहेका जनता र यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी, यातायातको बिकासमा उहाँले गरेका कामहरु बृद्धदेखि युवासम्म, कांग्रेसदेखि कम्युनिष्टसम्म सबैलाई राम्ररी थाहा छ । निष्ठा र त्यागका प्रतिमुर्ति पौडेललाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तनहूँका जनताले विजयी बन्ने मत दिएनन् ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा पनि आफ्नो पक्षमा वातावरण बनाउन नसेकपछि कतै नखुलिकन त्याग गरे भनेर भावुक बन्नुभएका पौडेल भित्रभित्र शेरबहादुर देउवाको पक्षमा खुलेको जगजाहेर नै थियो ।

पछिल्लो समय निर्वाचनको मिति घोषण्ण हुन लागेसगै गृहजिल्ला बाक्लै आउजाउ गर्नुभएका पौडेलले निर्वाचनको मिति घोषणा पश्चात पनि जिल्ला आउनेक्रम बढाउनुभएको छ ।

त्यसैक्रममा शुक्रवार दमौलीमा पत्रकारको एक प्रश्नमा उहाँले ”म जहाँबाट चुनाव हारेको त्यहाँबाट जितेरमात्र मर्न चाहान्छु ” भन्ने घोषणा गर्नुभएको छ । जस्ले गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै तनहूँक्षेत्र नंं १ बाट चुनाव लड्न त्योसम्मको अभिव्यक्ति व्यक्त गरिसकेपछि गठबन्धन र नेपाली कांग्रेसका अरु आकांक्षीहरुले दावी पेश नै नगर्ने आकंलन गरेका छन् । साथै उहाँले ”मैले लड्ने भनेपछि दावी लाग्दैन किनकी गठबन्धनको शुत्राधार नै म हो ” भन्नुभएको छ ।

तनहूँको क्षेत्र नं. १ मा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेकपा एमालेका उमेदवार हाल नेकपा एकिकृत समाजवादीका सांसद एवं पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठले पराजित गर्नुभएको थियो ।

हाल गठबन्धनमा सामेल दलका सदस्य पुर्वमन्त्री श्रेष्ठको दावी रहने भनिएको उक्त क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट पनि थुप्रै आकांक्षीहरु रहनुभएको छ ।

वरिष्ठ नेता पौडेलद्धारा जिल्लामा आएर म जहाँबाट चुनाव हारेको त्यहाँबाट जितेरमात्र मर्न चाहान्छु भन्ने वयान दिएपछि एक स्थानिय नेताले ”वरिष्ठ नेता पौडेलले गठबन्धन दलका उमेदवारको कित्ता क्लियर गरिदिनुभयो भने आफ्ना दलका आकांक्षीलाई मुख बन्द गराईदिनुभयो र महत्वपूर्ण कुरा उहाँले तनहूँका जनतालाई ईमोशनल्ली ब्याकमेल गर्नुभयो” भन्ने प्रतिक्रिया दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?