तनहूँ क्षेत्र नंं १ मा एमालेबाट रामबहादुर गुरुगंको सम्भावना बढ्यो

  • ख-
  • ख+

तनहूँ । मंसिर ४ को निर्वाचनमा तनहूँ क्षेत्र नं. १ को टिकट आफुले नै ल्याउने उद्घोषका साथ नेपाली कांग्रेसका वरिष्ठ नेता कार्यकर्ता भेटघाट कार्यक्रममा गाउँघर डुल्न थालेपछि नेकपा एमालेमा पनि उमेदवार घोषणा गर्नुपर्ने दवाव बढेको छ ।

नेकपा एमालेबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ किसना पार्टी टुक्रिएसगै नेकपा एकिकृत समाजवादीमा गएसगै आउदो निर्वाचनमा उपर्युक्त उमेदवार खोज्नुपर्ने दवावमा रहेको नेकपा एमाले तनहूँमा प्रदेश सांसद रामबहादुर गुरुगंको सम्भावना बढेको एक जना नेकपा एमालेका नेताको भनाई रहेको छ ।

गण्डकी प्रदेश सांसद माननिय रामबहादुर गुरुगंले प्रदेश सांसदहरु मध्ये उत्कृष्ट काम गरेको रेकर्ड, जिल्लावासीको सुख दुःखमा साथ दिएकोले जनताहरुको सहानुभुति, जातिय , क्षेत्रिय संतुलन मिलाउदा पनि उहाँ एकदमै उपर्युक्त उमेदवार हुनुभएको छ उहाँको भनाई छ ।
सांसदको रुपमा आफुले पहल गरेर अगाडि बढाईएका बिकास निर्माणका अवलोकनको क्रममा तनहूँको व्यास ८ रिस्ति पुग्नुभएका सांसद गुरुगंसग सम्पर्क गर्दा म त जनताको काम गर्ने मान्छे हुँ , जनताले जहाँ उठ् भन्छन् त्यहाँ उठ्छु , देश बनाउने भिजनकै कुरा गर्ने हो भने गरौ न टेवलमा गरेर जो सग पनि अन्तर्क्रिया गर्न तयार छु भन्नुभएको छ ।

सांसद गुरुगंको पहलमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँ रिस्ति र लम्जुगं जिल्लाको मध्यनेपाल नगरपालिका जोड्ने पुलको अवलोकनमा पुगेको गुरुगंको बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?