दमौलीमा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुदै

  • ख-
  • ख+

तनहूँ । तनहूँको दमौलीमा प्रथम मेयर कप फुटवल पुरुष खुल्ला प्रतियोगिता आयोजना हुन गईरहेको छ । तनहूँको व्यास नगरपालिका वडा नं. ४ को शितल चोक युवा क्लबको आयोजनामा उक्त प्रतियोगिताको आयोजना हुन गईरहेको हो ।

उक्त प्रतियोगिताको बारेमा जानकारी दिन आज आयोजित कार्यक्रममा प्रतियोगिताका खेल संयोजक राजेश मल्लले जिल्लाकै र्विाधिक पुरस्कार राशीको प्रतियोगिता भाद्र ८ गतेदेखि १८ गतेसम्म संचालन हुने बताउनुभएको थियो । उहाँले प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख २ हजार २ सय २२ रुपैया पुरस्कार प्रदान गरिने बताउनुभएको थियो ।

प्रतियोगितामा दोश्रो हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार प्रदान गरिने पनि उक्त अवसरमा जानकारी दिईएको थियो ।

दमौलीको विपि वाटिकामा हुने प्रतियोगितामा सहभागी हुनको लागि हालसम्म काठमाण्डौ बालुवाटारको टिम, घादिगं, स्यागंजा , कास्कि र तनहूँको गरि २९ टिमहरु दर्ता भईसकेको र अन्य टिमहरु पनि सम्पर्कमा आईरहेको बताईएको थियो ।

तनहूँमा खेलकुद गतिविधि सुस्ताएको कारण चलायमान बनाउनको लागि यस प्रतियोगिता आयोजना गरिएको सचिवालय व्यवस्थापन समितिका संयोजक माधब न्यौपानेको भनाई रहेको थियो ।

उक्त अवसरमा क्लबका पदाधिकारीहरुले प्रतियोगितमा क्वाटर फाईनलबाट नै उत्कृष्ट खेलाडी घोषित गरि नगद पुरस्कार प्रदान गरिने र प्रतियोगितामा विदेशी खेलाडीहरुको पनि सहभागिता रहने भएकोले पनि निकै आर्कषक हुने र तनहूँवासीको लागि निकै रोमान्चक प्रतियोगिता हुने विश्वास लिएको बताउनुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष उज्वल पौडेलले प्रतियोगिता आयोजना गर्नमात्र ठुलो कुरा नसम्झिकन आयोजकले यस्लाई निरन्तरता दिने तर्फ सोच्नु पनि आग्रह गर्दै त्यस्को लागि तनहूँका सम्पूर्ण पत्रकारहरुको साथ रहने भनाई व्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?