टायर पड्किएर माइक्रोबस दुर्घटनाः १ जनाको मृत्यु, १३ घाइते

  • ख-
  • ख+

सप्तरी । सप्तरीमा गुडिरहेको माइक्रोबस टायर पड्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबसको पछाडिको टायर पड्किएपछि अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कन्काई नगरपालिका -८ बस्ने ५२ बर्षीया अमृता ओलीको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए । गम्भीर घाइते भएकी उनलाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

उक्त दुर्घटनामा माइक्रोबस चालक झापाको बिर्तामोड नगरपालिका-४ का ४३ बर्षीय दुर्गाबहादुर मगरसहित १३ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?