गोविन्द भट्टराई मेरो काका भन्दै अमुक व्यक्तिले चुनाव खर्च उठाईरहेको भट्टराईको भनाई

  • ख-
  • ख+

तनहूँ । केहि दिन अगाडि आफ्नो गाउँ तनहूँको व्यास नगरपालिका वडा नं. ११ को कार्यक्रममा सहभागी भएर काठमाण्डौ फकर्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको सोमबार साँझपख आएको फेसबुक स्टाटसले धेरैको ध्यान खिचेको छ । साँझ करिब ७ बजेर ५४ मिनेट जादाँ भट्टराईैले लेख्नुभएको स्टाटसमा ”मेरो कुनै भतिजा छैन कसैले म गोबिन्द भट्टराईको भतिजो हो भनेर सहयोग माग्यो भने नपत्याउनु होला।”
खासै सामाजिक संजालमा सक्रिय रहन नरुचाउने भट्टराईको यो स्टाटसलाई धेरैले निर्वाचनको पुर्वसन्ध्यामा कुनै अमुक व्यक्तिले म नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको भजितो हुँ भन्दै आर्थिक सहयोग उठाईरहेको अत्याधिक सूचना आएकोले उहाँ स्टाटस लेख्न बाध्य हुनुभएको उहाँ निकट व्यक्तिहरुले बताउनुभएको छ ।
यस बारेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भट्टराईसग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
केन्द्रीय भट्टराईले संकेत गरेको व्यक्ति को हुनुहुदो रहेछ भनेर जिल्लाका स्थानिय नेताहरुसग प्रतिक्रिया लिदा कसैले नाम बताउन चाहनुभएन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?