८, ९ सय भोट ल्याउने पार्टीको बलमा देउवा प्रधानमन्त्री भएको हेक्का राख्न तनहूँ कांग्रेसलाई पुर्वमन्त्री किसानको आग्रह

  • ख-
  • ख+

तनहूँ । नेकपा एकिकृत समाजवादीका सांसाद एवं पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठले ‘‘जिल्लामा ८, ९ सय भोट ल्याउने पार्टीको बलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको हेक्का राख्न आग्रह ” गर्नुभएको छ ।
पुर्वमन्त्री श्रेष्ठ आज तनहूँको दमौलीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तर्फ संकेत गर्दै पुर्वमन्त्री श्रेष्ठले ”केन्द्रमा गठबन्धनले जस्ले जुन क्षेत्रमा जितेको हो त्यो क्षेत्र उहि पार्टीलाई छोड्नुपर्ने नियम बनाईएकोले आफुले तनहूँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छोड्न नसकिने ” बताउनुभएको छ ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा पुर्वमन्त्री श्रेष्ठले ”नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जिल्लाको मात्र नेता नभएर देशकै नेता भएको कारण आफ्नो सिट नखोसिकन देशका अन्य स्थानबाट चुनाव लड्न जान पनि” आग्रह गर्नुभएको थियो । उक्त अवसरमा पुर्वमन्त्री श्रेष्ठले ”आफु पार्टीको सच्चा सिपाही भएको कारण पार्टीले खटाएरु देशका जुनसुकै क्षेत्रमा पनि जान सक्ने, निर्वाचननै नलडिकन पनि बस्न सक्ने” बताउनुभएको थियो ।
कार्यक्रममा पत्रकारको जिज्ञासाको जवाफ दिदै पुर्वमन्त्री श्रेष्ठले ‘‘आफु एमालेमा नफर्किने ” पनि बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?