व्यासमा प्रस्तावित डम्पिगं साईट प्रभावित बासिन्दा र मेयरबिच घम्साघम्सि

  • ख-
  • ख+

तनहूँ । व्यस नगरपालिकाको भाद्र ७ गतेको कार्यपालिकाको नियमित बैठकले व्यास १० मंगली गैरामा सरसफाई केन्द्र स्थापना गर्नको लागि प्रस्तावित जग्गा खरिदका लागि नेपाल सरकारसग स्विकृत माग गर्ने निर्णय गरियो भन्ने निर्णय गरेपछि उक्तक्षेत्रका बासिन्दाहरु आन्दोलित भएका छन् ।
शब्दमा सरसफाई केन्द्र राखिएपनि व्यास नगरपालिकाको डम्पिगं साईट निर्माण गर्न लागिएको भन्दै उक्त क्षेत्रका बासिन्दाहरुले आज बिहान सम्युक्तरुपमा बैठक बसि उक्त कार्य रोक्न नगरपालिकालाई बुझाउने निर्ण यरेको थियो । उक्त निर्णय र ज्ञापन पत्र हस्तान्तरण गर्न आएको सरसफाई केन्द्र प्रभावित क्षेत्रका बासिन्दा र व्यासका नगर प्रमुखबिच सौहार्दपूर्ण रुपमा कुराकानी हुन सकेन ।
उक्त क्षेत्रका बासिन्दाका तर्फबाट श्रीकृष्ण आचार्यले आफ्ना मागहरु पढेर सुनाउनका साथै उक्त क्षेत्रमा केन्द्र स्थापना गर्न नदिने लगायत ज्ञापन पत्रका अन्य वुदाँहरु पढेर सुनाउदा व्यासका नगरप्रमुख न्यौपानेले ”नगरपालिकाले हो निर्णय गर्ने , कोहि कसैले नगरपालिकाको निर्णय गर्ने नसक्ने” जवाफ फर्काउनुभएको थियो । साथै उहाँले ”नगरपालिकाले जग्गा खरिद गरेर सरसफाई केन्द्र स्थापना गर्न लाग्दा कसैले रोक्न नसक्ने ” पनि बताउनुभएको थियो ।
उक्त अवसरमा नगरप्रमुख न्यौपानेले ”अनेकन परिक्षण पश्चात सरसफाई केन्द्र स्थापना गरिने हुँदा अहिले नै गर्न पाईदैन भन्ने भाषा प्रयोग नगरेको भए उचित हुने” बताउदा उक्त क्षेत्रका बासिन्दाले ”जुनसुकै परिक्षणबाट उक्त क्षेत्र उपर्युक्त देखिन आएपनि उक्त स्थानमा सरसफाई केन्द्र अर्थात डम्पिगं साईट स्थापना गर्न नदिने ” बताउनुभएको थियो ।
”व्यास नगरपालिकाले सरसफाई केन्द्र स्थापना गर्नको लागि प्रस्तावित जग्गा खरिदका लागि नेपाल सरकारसग स्विकृत माग गरेको स्थानको तल १ खोला, २८ बटा पानीका मुल , ४ वटा कुवा र ६ वटा ईनार रहेको ‘‘ उक्त क्षेत्रका बासिन्दाहरुको भनाई रहेको छ ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ नाथ न्यौपाने र प्रस्तवित सरसफाई केन्द्र प्रभावित बासिन्दाकाबिच सौहार्दपुर्णरुपमा वार्ता हुन नसकेपछि ”जनप्रतिनिधि अर्थात नगरपिताको यस किसिमको प्रस्तुतिले सारै नै मन दुखेको र नगरपालिकाको बैठकको निर्णय बिरुद्ध अन्य कार्यक्रमहरु स्थानियहरुको सरसल्लाहमा गरिने” मंगलीगैरा टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?