तनहूँ । व्यास नगरपालिका वडानं. १० का अध्यक्ष खेमराज पोखरेलले सरसफाई केन्द्र ( डम्पिगं साईट) स्थापनाका लागि जग्गा खरिद प्रकृया अगाडि बढाउन लागेको र आफैले डम्पिगं साईट निर्माण गर्न सिफारिस प्रदान गरेको ”व्यास १० को मंगली गैरा कहाँ पर्छ भन्ने थाहा नभएको” भनेर गैरजिमेवारपुर्ण अभिव्यक्ति दिनु भएको छ साथै वडा अध्यक्ष पोखरेलले १५ घण्टा नपुग्दै आफ्नो बोली पनि फेर्नुभएको छ ।
व्यास नगरपालिकाको नियमित बैठकबाट भाद्र ७ गतेका दिन व्यास १० को मंगलीगैरामा सरसफाई केन्द्र (डम्पिगं साईट) स्थापनाका लागि जग्गा खरिद प्रकृया अगाडि बढाउन नेपाल सरकारसग स्विकृत माग गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा सम्बन्धित वडा अध्यक्ष भएको कारण व्यास १० का वडा अध्यक्ष खेमराज पोखरेलको सिफारिस र पुर्ण सर्मथन रहेको थियो ।
व्यास नगरपालिकाको नियमित बैठकबाट भएका निर्णयहरु सार्वजनिक भएपश्चात स्थानिय स्तरबाट व्यापक विरोधका आवाजहरु आउन थालेपछि उक्त स्थानका प्रभावित स्थानियहरुले फोन गर्दा पोखरेलले विरोध नगर्न आग्रह गर्नुभएको थियो । उहाँको आग्रहको प्रतिवाद गर्दै स्थानियहरुले ८ गते बिहान उक्त स्थानका प्रभावितहरुको भेला बस्ने र उक्त स्थानमा आउन आग्रह गरेपछि पोखरेल उक्त स्थानमा आउनु भएको थियो ।
उक्त भेलामा आएपश्चात उहाँले स्थानियहरुको माग बमोजिम उक्त स्थानमा सरसफाई केन्द्र अर्थात डम्पिगं साईट निर्माण गर्न नमिल्ने निर्णयमा शुरुमा हस्ताक्षर गर्नुभएको थियो । उक्त स्थानमा पोखरेलले आफुलाई मंगलीगैरा कहाँपर्छ थाहा नभएको अभिव्यक्ति दिनुभएको थियो ।
कार्यपालिकाको बैठकमा आफ्ले गरेको सिफारिस बैठकबाट पारित गराउने तर १५ घण्टा बित्न नपाईकन उक्त निर्णयको विपक्षमा उभिनुलाई मानिसहरुले दोहोरो चरित्रको रुपमा व्याख्या गरेका छन् । त्योभन्दा पनि बढि आफैले व्यास १० का सम्पुर्ण बासिन्दाहरुलाई प्रभाव पार्ने सरसफाई केन्द्र ( डम्पिगं साईट) स्थापनाको लागि जग्गा खरिद सिफारिस दिदा उक्त स्थान मंगलीगैरा कहाँ पर्छ थाहा नहुनु, सिफारिस दिने समयमा त्यसक्षेत्रका आम बुद्धिजिवि, सरोकारवालाहरुसग सल्लाह नगर्नुलाई चुनाव जितेपछि जे गरेपनि हुन्छ भन्ने मनसायबाट चलेको रुपमा अर्थाएका छन् ।
व्यास १० को मंगली गैराक्षेत्रमा सरसफाई केन्द्र स्थापनाका लागि जग्गा खरिद प्रकृया अगाडि बढाउन नेपाल सरकारसग स्विकृत माग गर्ने निर्णय गरेपछि व्यास १० बासिन्दा आन्दोलित हुनुभएको छ ।
उहाँहरुले उक्त निर्याण तत्काल सच्याउन माग गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेलाई बुधवार ज्ञापनपत्र बुझाउनुका साथै नेपाल सरकारसग जग्गा खरिद प्रकृया अगाडि बढाउन निर्णय नगरिदिनु हुन आग्रह गर्ने निर्णय पनि गरेको छ ।
दर्जनौ पानीका मुल, कुवा र ईनारहरु रहेको स्थानको शिरमा लगेर सरसफाई केन्द्र ( डम्पिगं साईट) स्थापना गर्दा उक्त क्षेत्रका बासिन्दाहरु अत्याधिक प्रभावित हुने व्यास १० बासीको भनाई रहेको छ ।












