तनहूँ । नेपाली कांगैुका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहूँ क्षेत्र नं. १ को लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नं. १ ले आईतबारदेखि भदौ १४ गते मंगलवार ५ बजेसम्म प्रतिनिधि सभा सदस्यको उम्मेदवारी आह्वान गरेसंगै भट्टराईले क्षेत्रीय सचिबालयमा दर्ता गराउनुभएको छ।
नेपाली कांग्रेस जिल्ला कमिटिका सचिव लक्ष्मीभक्त खनालका अनुसार जिल्लामा उमेदवारी दर्ता गराउने भट्टराई पहिलो व्यक्ति बन्नुभएको छ ।
सत्ता गठबन्धनको भागवण्डामा तनहूँ क्षेत्र नं. १ कुन पार्टीको भागमा पर्ने निर्कौल भई नसकेपनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पुर्व मन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराईका साविक विजेता नेकपा एकिकृत समाजवादीका नेता तथा पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरबहादुर चुमानले पनि दावी गरिरहनुभएको छ ।








